२०८२ माघ १५
बुटवल १४ माघ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाइसौँ वार्षिक उत्सवको अवसरमा साइबर सुरक्षासम्बन्धी साक्षात्कार तथा निःशुल्क सिम वितरण कार्यक्रम गरिएको छ ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाद्वारा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय बुटवलमा अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सम्बन्धी साक्षात्कार तथा निःशुल्क सिम वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
उक्त साक्षात्कार कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका इन्जिनियर आशिष ज्ञवालीले साइबर सुरक्षा सम्बन्धी साक्षात्कार कार्यक्रमको सहजीकरण गरेका थिए । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाइसौँ वार्षिक उत्सवको अवसरमा गरिएको साइबर सुरक्षासम्बन्धी साक्षात्कार तथा निःशुल्क सिम वितरण कार्यक्रम करिब २ सय विद्यार्थीले निशुल्क सिम पाएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए । कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरवाका अधिकृत नारायण पोखरेलले पनि धारणा राखेका थिए ।

