२०८२ माघ २७
बुटवल, २७ माघ ।
रुपन्देही उद्योग संघमा आवद्ध सः मिल उद्योगीहरुको भेलाले मंगलबार सः मिल वस्तुगत समिति गठन गरेको छ ।
संघमा आवद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुतगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम सः मिल वस्तुगत समिति गठन गरिएको हो । संघका प्रथम उपध्यक्ष एवम् कार्यक्रम संयोजक हरि बहदुर खत्रीको अध्यक्षतामा आयोजित भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले विभिन्न प्रकृतिका उ्रद्योगहरुका समस्यालाई एकीकृत गर्ने र समस्या समाधानका लागि संघबाट पहल गर्न सहज हुने हुँदा संघमा आवद्ध उद्योगीहरुको प्रकृति अनुसार छट्टाछुट्टै भेलाको आयोजना गरी आ—आफ्ना क्षेत्रका अनुभव र समस्याहरुलाई संघसम्म ल्याई पुरयाउन विगत लामो समयदेखि वस्तुतग समिति गठन गर्ने कार्यक्रम जारी रहेको बताए । उनले संघका गतिविधिहरुलाई सफल बनाउन वस्तुगत समितिहरुको क्रियशिलता र जिम्मेवारी अत्यन्तै ठूलो रहेको समेत बताए । सःमिल उद्योगीहरुको भेलाले दिक्षा सःमिलका हीरा बहादुर के.सीको संयोजकत्वमा ७. सदस्यीय सःमिल वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा दाउन्ने सःमिलका हरी प्रसाद भण्डारी, सचिवमा आश्मा एण्ड आयुषा सःमिलका भुन्नुर प्रसाद थारु , सदस्यहरुमा सापकोटा सः मिलका सुरेन्द्र सापकोटा, जय सन्तोषी माँ सः मीलका सन्तोष कुमार जैसवल,सौगात सःमिल एण्ड फर्निचरका सन्दिप ढुंगाना र नव पोखरेल सःमिलका शंकर पोखरेल रहेका छन् । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, कार्यसमिति सदस्य तेज प्रसाद पराजुली, नेपाल बनपैदबर उद्योग व्यवसाय संघ रुपन्देहीका अध्यक्ष नवलकिशोर सिंह, वरिष्ठ उद्योगी वसन्त रोक्का र कुसुम खनाललाई चयन गरेको छ ।
भेलामा प्रतिवद्धता मन्तव्य राख्दै हिरा बहादुर के.सिले आफुलाई विश्वास गरी संयोजकको जिम्मेवारी दिएकोमा रुपन्देही उद्योग संघ तथा सः मिल उद्योगीहरु प्रति आभार व्यक्त गर्दै सः मिल उद्योग संचालनमा आएका कठिनाईहरुलाई समाधानका लागि सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघ मार्फत क्रियाशिल रहने बताए । संघका द्वितीय उपाध्यक्ष युवराज आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । महासचिव सुमन बस्यालको संचालनमा सम्पन्न भेलामा नेपाल बनपैदबर उद्योग व्यवसाय संघ रुपन्देही का अध्यक्ष नवलकिशोर सिंहले शुभकामन मन्तव्य दिएका थिए । संयोजक हरिबहादुर खत्रीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । भेलामा संघका कोषाध्यक्ष बिशाल बेलबासे, सचिव अशोक कुँवर ,कार्यसमिति सदस्य तेज प्रसाद पराजुली एवम् सःमिल उद्योगीहरुको उपस्थिति रहेको थियो ।
