२०८२ चैत्र ५
रुपन्देही ४ फागुन ।
जलवायु परिवर्तन र वातावरणीय सचेतनाका विषयलाई हरेकले आफ्नै विषय सम्झेर जोगाउनेतर्फ लाग्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आयोजित जलवायु परिवर्तन र वातावरणीय सचेतना कार्यक्रमका विज्ञहरूले हरेक नागरिकले सचेतनता सहित काम गरेमा मात्र भावी पुस्तालाई सन्तुलित वातावरण उपलब्ध गराउन सकिने बताएका हुन् ।
कार्यक्रममा वातावरण विद्हरू मनोज न्यौपाने र झम बहादुर थापाले मानिसकै गतिविधिले वातावरण बिग्रँदै गएकोले हामी सबै सचेत हुनुपर्ने बताए ।
त्यसअघि, क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रम क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेलले कार्यक्रम उद्घाटन गरेका थिए ।
क्याम्पसका सञ्चालक, प्राध्यापक, स्थानीय सरोकार पक्ष र विद्यार्थीका लागि आयोजित कार्यक्रममा तिलोत्तमा –५ का वडा सदस्य हिरा गिरी डायमण्ड, सञ्चालक ज्ञानु पाण्डे, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

