२०८२ चैत्र ८

डिजिटल मार्केटिङ तालिम
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ७, शनिबार १४:०० गते

बुटवल, ७ चैत्र ।
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घण्टे) निःशुल्क डिजिटल मार्केटिङ तालिम बुटवलमा शुरु भएको छ ।
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कार्यक्रमका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा वोल्दै काफ्लेले डिजिटल युगमा व्यवसायको दिगोपनाका लागि डिजिटल मार्केटिङ अपरिहार्य रहेको उल्लेख गदर्,ै आजको प्रतिस्पर्धात्मक बजारमा उत्पादन मात्र उत्कृष्ट नभई त्यसलाई सही माध्यमबाट सही ग्राहकसम्म पु¥याउन महत्वपूर्ण विषय बनेको बताए । डिजिटल मार्केटिङले उद्योग व्यवसायलाई विश्व बजारसम्म जोड्ने सशक्त माध्यम प्रदान गर्ने, उद्योगीहरूको क्षमता अभिवृद्धि र प्रविधिमैत्री बनाउने दिशामा अग्रसर रहँदै आएको भन्दै उनले यो तालिमले सहभागीहरुलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरी उद्योगको उत्पादनशील तथा बजार विस्तारमा सेवा पुग्ने विश्वास व्यक्त गरे ।
रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै डिजिटल प्रविधिको तीव्र विकाससँगै उद्योग व्यवसाय सञ्चालनको स्वरूपमा ठूलो परिवर्तन आएको र यस परिवेशमा उद्योगी तथा कामदारलाई समयानुकूल प्रदान हुने दायित्व भएको बताए । यस तालिम मार्फत सहभागीहरुले डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग, ब्रान्ड प्रवद्र्धन, ग्राहक व्यवस्थापन तथा अनलाइन बजार विस्तारका महत्वपूर्ण पक्षहरू सिक्ने अवसर प्राप्त गर्ने उनले बताए । यस प्रकारको तालिमले उद्योगमा कार्यरत जनशक्तिलाई आधुनिक बजार प्रणालीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने पनि भण्डारीले बताए ।
तालिमका प्रशिक्षक इन्जिनियर अमृत रानाभाटले तालिमको संरचना, उद्देश्य र सिकाइ विधिबारे जानकारी गराउँदै सामाजिक सञ्जाल मार्केटिङ, कन्टेन्ट निर्माण, डिजिटल विज्ञापन, ब्रान्डिङ, ग्राहक पहुँच विस्तार तथा अनलाइन व्यापार रणनीतिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने जानकारी दिए ।
रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदिप पन्थीको सञ्चालन रहेको कार्यक्रममा १८ उद्योगबाट २० जनाको सहभागिता रहेको छ । स्थानीय उद्योग तथा पेशाकर्मीलाई डिजिटल रूपमा सक्षम बनाउँदै विदेशी प्रविधि तथा जनशक्तिमा निर्भरता घटाई सम्मानित रोजगारी र आत्मनिर्भरता प्रवद्र्धन गर्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।