२०८२ चैत्र ९
बुटवल, ८ चैत ।
शान्तिका लागि साझा अभियान (कोक्याप) लुम्बिनी प्रदेशले आइतबार बुटवलमा सामाजिक सुरक्षा र जिविकोपार्जन विषयक असल अभ्यास सिकाई आदान प्रदान कार्यक्रम गरेको छ । कोक्यापद्वारा रुपन्देहीको सियारी गाउँपालिकामा सञ्चालित सामाजिक सुरक्षा र जिविकोपार्जन सम्बन्धी कार्यक्रमका बारेमा जानाकारी गराउदै असल अभ्यास सिकाइ आदानप्रदान गरिएको हो ।
कार्यक्रमको प्रभावकारी र उपलब्धीहरुलाई जानकारी गराउने उद्देश्यसहित सिकाई आदान प्रदान कार्यक्रम राखेको कोक्यापका लुम्बिनी अध्यक्ष रिमा बिसीले बताइन् ।
उनले स्थानीयको जिविकोपार्जनलाई बलियो बनाउदै आत्मनिर्भरलाई जोड दिदै कार्यक्रमको सञ्चालन गरिएको भन्दै १५० भन्दा बढी महिला कार्यक्रममा जोडिएको बताइन् । तीन वर्षे कार्यक्रम भए पनि अहिलेसम्म करिब आधा समय सकिएको र धेरै उपलब्ध हासिल भएको भन्दै उनले आगामी दिनमा अझै तालीमदेखि विभिन्न कार्यक्रम गरिने बताइन । कार्यक्रम सियारी वडा नम्बर ४ र ६ मा सञ्चालित छ ।
कार्यक्रम संयोजक रोजी ज्ञवालीले कार्यक्रममा सहभागिहरुले अचार बनाउने, अगरबत्तीको धुप, हेन्डीक्रयाफ्ट बनाउने तालीम लिएर उद्यम बनेका बताइन ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवल शाखा प्रमुख खेम कार्कीले अब स्देशममा रोजगारी गर्नेहरु सामाजिक सुरक्षा कोषमा जोडिन आवश्यक रहेको बताए । अहिलेसम्म लुम्बिनी प्रदेशमा २ हजार रोजगारदाता र २७ हजार ९३३ योगदानकर्ता एसएसएफमा आबद्ध भएको जानकारी दिए ।
कार्यक्रममा सियारी गाउँपालिकाका प्रशासकीय अधिकृत रोमलाल पुरीले पालिकाले उद्यमशिलतालाई प्रबद्र्धन गर्दै अघि बढेको जानकारी गराए । उनले दूध, माछा लगायत कृषिजन्य उत्पादन गर्ने किसानलाई प्रबद्र्धनको अनुदान दिने गरेको बताए ।
