२०८२ चैत्र १०

कपिलवस्तुबाट दुई लाख रुपैयाँबराबरको अवैध काठ बरामद
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १०, मंगलवार १३:२७ गते

डिलाराम भुसाल
कपिलवस्तु १० चैत ।
कपिलवस्तुमा अवैध काठ कटान तथा ओसारपसारविरुद्ध प्रहरीले सक्रियता बढाएको छ । जिल्लाको विजयनगर गाउँपालिका–३ उदयपुर नजिकबाट प्रहरीले करिब २ लाख रुपैयाँबराबरको काठको गोलिया बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पथ्थरदेहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उक्त काठ फेला पारेको बताएको छ। बरामद गरिएका काठमध्ये साना–ठूला गरी करिब १ सय गोलिया रहेको र सबै खयर जातको काठ भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि शिवगढी सब–डिभिजन वन कार्यालयमा बुझाइएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र बनाएको प्रनाउ सिंहले बताए ।