२०८२ चैत्र ११
बुटवल, ११ चैत
रुपन्देही उद्योग संघमा आवद्ध गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको भेलाले बुधबार गार्मेन्ट तथा हस्तकला वस्तुगत समिति गठन गरेको छ ।
संघका द्धितिय उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्रीको अध्यक्षता संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यता एवं संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरु एवं गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको उपस्थितीमा भेला सम्पन्न भएको होे । गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको भेलाबाट बुटवल गैरे होजियारी उद्योगका संचालक हरि गैरेको संयोजकत्वमा ७. सदस्यीय वस्तुगत समिति गठन गरिएको छ ।
गठित समितिको सह–संयोजकमा सिद्धार्थ गार्मेन्ट उद्योगका केशव पौडेल, सचिवमा ओम शान्ति ढाका टोपी उद्योगका गिरिराज पौडेल, सदस्यहरुमा स्वस्तिक ग्रार्मेन्ट उद्योगका चन्द्र फुल्लेल र धर्मा गार्मेन्ट््स उद्योगका प्रमोद शर्मा तिवारी र न्यू मुनलाइट होजियारी उद्योगका तुल्सीराम गैरे रहेका छन् । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, महिला सचिव मन्जु भुसाल, कार्य समिति सदस्य घनश्याम पौडेल(रामु), अनिस कशौधन र दुर्गा होजियारी उद्योगका मुक्ति प्रसाद भण्डारी लाई चयन गरेको छ ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले भेलामा सम्बोधन गर्दैै गार्मेन्ट तथा हस्तकला उद्योग समितिको क्रियाशिलता, उद्योगीका समग्र विषय उठान र संस्थालाई झकझकाउन क्रियाशिल रहने अपेक्षा सहित नवगठित समितिलाई बधाई तथा शुभकामना दिए । भेलामा नवनिर्वाचित संयोजक हरि गैरेले गार्मेन्ट र होजियारी क्षेत्रका समस्या र गतिविधि संस्थासम्म ल्याइपु¥याउन कटिबद्ध रहेको बताउदै उद्योगी र संस्थाबिच समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष हरी बहादुर खत्रीले स्वागत गर्दै वस्तुगत समिति गठनको उद्देश्य माथी प्रकाश पारेका थिए । संघका महासचिव सुमन बस्यालको संचालनमा सम्पन्न भेलामा संघका कोषाध्यक्ष बिशाल बेलवासे, महिला सचिव मन्जु भुसाल, सचिवालय सदस्य शारदा भट्टराई कार्यसमिति सदस्य यादव गैरे, प्रज्वल थान्जु, दिलु शाही एवं विभिन्न गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको उपस्थिति रहेको थियो । भेलामा संघका द्धितिय उापाध्यक्ष युवराज आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।
