२०८२ चैत्र १६

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलनको तयारी
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १५, आईतवार १३:३५ गते

बुटवल १५ चैत । नेपाल भेटेरिनरी एशोसियसन (एनभीए)को आयोजनामा रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन–२०२६ हुने भएको छ । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलन यही चैत २७ र २८ गते मणिग्राममा सम्मेलन हुन लागेको हो ।
एशोसियसनका अध्यक्ष डा.केदार सुबेदीले सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने, ७ भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने बताए । सम्मेलनमा १५ भन्दा बढी अन्तर्राष्ट्रियस्तरबाट आमन्त्रित वक्ताहरूले धारणा राख्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।
सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट उजागर गर्ने लक्ष्य राखेको आयोजकले बताएका छन् । सम्मेलनमा पशु सेवा विभागका तर्फबाट समग्र पशुपन्छी क्षेत्रको वर्तमान अवस्था तथा आगामी कार्यदिशा सम्बन्धी बृहत् नीतिगत प्रस्तुति रहने र विभिन्न क्षेत्र तथा थिम अनुसारका कार्यपत्रहरू प्रस्तुत गरिने सुवेदीले बताए ।