२०८२ चैत्र १८
बुटवल, १७ चैत ।
नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना गरेको कर्पोरेट फुटसलको उपाधि एनआईइएफले चुमेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता २०८२ आयोजना गरेको हो ।
मंगलबार भएको फाईनलमा नेपाल ईन्जिनियर्स एशोसियसनलाई २–० गोल अन्तरले पराजित गर्दैै उपाधि चुमेको हो । उपाधिसंगै एनआईईएफ नगद ३० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता ईन्जिनियर्स भने नगद २० हजार रुपैया, कप, मेडल, प्रमााणपत्रमा चित्त बुझायो । प्रतियोगितामा एनआईईएफका मन्जिल बिक उत्कृष्ट खेलाडी, ईन्जिनियर्सका कृतेश श्रेष्ठ सर्वाधिक गोलकर्ता तथा एनआईईएफका राहुल कशौधन उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भए । यसैगरि अनुशासित टिमका रुपमा इक्यान रुपन्देही पुरस्कृत भए ।
मंगलबार नै भएको मिडिया कपको उपाधि ग्लोबल आवाजले आफनो पोल्टामा पारेको छ । निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा बुद्ध सामुदायिक टिभीलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । उपाधिसंगै ग्लोबल नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता बुद्ध टिभीले नगद १५ हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
यसैगरि मिडियातर्फ ग्लोबल आवाजका डिबि सुस्लिङ उत्कृष्ट खेलाडी, प्रकाश न्यौपाने उत्कृष्ट गोलकिपर तथा बुद्ध टिभीका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भएको खेल संयोजक सुमन श्रेष्ठले बताए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. भूपेन्द्र बहादुर खत्री, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्र.ना.उ.निशान्त श्रीवास्तव, महासंघका अध्यक्ष दिनेश पाण्डे, सल्लाहकार खिमानन्द भट्टराईले पुरस्कार वितरण गरेका छन ।
प्रतियोगिता अन्तरगत कर्पोरेटतर्फ रुपन्देही जिल्लाका दुई दर्जन संघसंस्थाहरुले भाग लिएका थिए भने मिडिया कपमा आधा दर्जन टिमहरुले प्रतिस्प्रर्धा गरेको सचिव सिपि खनालले बताए ।