२०८२ चैत्र २३
बुटवल २२ चैत ।
गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको आयोजनामा बुटवलमा आउदै गरेको नया बर्षको २०८३ अबसरमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रोको बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजेन्द्र कुवरले गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजले स्थापनाकाल देखिनै शुरु गरेका सामाजिक उत्तरदाहित्य बिषयमा जन्मथलो जैसीथोक र कर्मथलो रुपन्देहीका बिचमा हातेमालो गरी अगाडी बढेको बताएका थिए ।
उनले गुल्मीको जैसीथोक जन्मथलो भई रुपन्देही आसपासमा बसोबास गर्नेहरुका बिच आपसी भाईचाराको सबन्ध स्थापित गर्ने जन्म थलो जैसीथोक लक्षित सामाजिक उत्तरदाहित्य बहन गर्ने उदेश्यले २०७४ सालमा समाज गठन गरीएको जानकारी दिएका थिए ।
कार्यक्रमा कोरापानी बचत समुहको अध्यक्ष तथा समाजका कार्यसमिति सदस्य यदुमणी पोखरेल साथै समाजका सल्लाहकार नारायण पोखरेल लगायतले बोल्दै समाजको आबश्यक्ता र महत्बमाथि प्रकाश पारेका थिए ।
समाजले स्थापनाकाल देखिनै भित्तेपात्रो प्रकाशन , तिजमिलन , सुभकामना आदान प्रदान , बनभोज , आजिबन सदस्य सम्मान , जन्मथलो जैसीथोकमा गुरुसम्मान , समस्यामा परेका ब्यक्तिहरुको उद्धार तथा आर्थिक संकलन गरी सहयोग लगायतका कार्यक्रम गदै आएको समाजका सहसचिब नरेश पोखरेलले बताएका छन ।
बिमोचन गरीएको समाजको क्यालेण्डर प्रकाशनको लागि दिपक पोखरेलको संयोजकत्वमा कोषाध्यक्ष राजेन्द्र पोखरेल ,सहसचिब नरेस पोखरेल र सदस्यहरु कमल भण्डारी र कमला शर्मा गरी ५ सदस्यीय प्रकाशन समिति गठन गरी क्यालेण्डर प्रकाशन गरेको हो ।