२०८२ चैत्र २४

८३ अंक बढ्यो सेयर बजार
  • लुम्बिनी खोज
  • २०८२ चैत्र २३, सोमबार १०:३५ गते

बुटवल,२३ चैत ।
अघिल्लो दिन १०५ अंक घटेको सेयर बजार सोमबार ८३।३३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ स् ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज सोमबार कारोबार अवधिको उच्चतम रह्यो ।

अघिल्लो दिन उच्च अंक बजार घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलिएको बताएका थिए । आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिएका थिए । बजारमा आत्तिनु नपर्ने आशय दिएका थिए ।
उनले रास्वपाको घोषणापत्रमा उल्लेख भएअनुसार बजार सुधारको काम हुने बताएका थिए । नेप्से पुनर्संरचनाको काम अघि बढिरहेको स्पष्ट पारेका थिए ।
अर्थमन्त्रीको आश्वासनले पनि आज बजार बढ्न मद्दत पुगेको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ३८ करोडको कारोबार भएकोमा आज १० अर्ब ९२ करोडको भयो ।