२०८२ चैत्र २८

नवीनमा विज्ञान विषय प्रवर्द्वन कार्यक्रम तथा विज्ञान प्रदर्शनी
  • लुम्बिनी खोज
  • २०८२ चैत्र २७, शुक्रबार १६:०० गते

बुटवल, २७ चैत्र ।

नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा विज्ञान विषय प्रवर्द्वन कार्यक्रम तथा विज्ञान प्रदर्शनी २०८२ शुक्रवार सम्पन्न भएको छ ।

उक्त अवशरमा विज्ञान प्रदर्शनीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेको बताउदै विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि उत्कृष्टता प्राप्त गर्न, नयाँ आविष्कार गर्न र नवप्रवर्द्वन गर्न यस किसिमका प्रदर्शनले सहयोग गर्ने बताए । विद्यार्थीहरुलाई पनि नयाँ काम गर्न प्रेरित गर्ने र सिकाइमा सहजता हुने बताउदै उनले यस किसिमका प्रदर्शनीले विद्यार्थीको सिर्जना, ज्ञान र सीपलाई उत्कृष्ट तवरले प्रस्तुत गरेकोमा प्रसंशा समेत गरे ।

विज्ञान प्रदर्शनीमा स्टल नं. १ को प्रमोद आचार्य, सागर वि.क. र राकेश कुमार चौधरीको समुह प्रथम, स्टल नं. ५ को सिर्जना यादव, एलिशा थापा, टिकादेवी चौधरी र ऐश्वर्या सिंजालीको समूह द्वितीय, स्टल नं. ७ को अन्सुल हिताङ्ग र अभिनास भुसाल सिभिल इन्जिनियरिङ्गको समुह तृतीय भएका छन ।

कार्यक्रममा प्रथम, द्वितीय र तृतीयलाई पाँच हजार, तीन हजार र दुई हजार नगद, प्रमाण पत्र मुल्यांकन समितिका संयोजक सहप्राध्यापक मेघनाथ आचार्य, मुल्यांकन समितिका सदस्य उपप्राध्यापक योगराज पोखरेल र विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले वितरण गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरीको संचलानमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य भौतिक शास्त्र विषय शिक्षक तथा विज्ञान प्रदर्शनी २०८२ का सहजिकरण संयोजक विनय कुमार वि.क.ले गरेका थिए ।

मुल्यांकन समितिमा सहप्राध्यापक मेघनाथ आचार्य, उपप्राध्यापक योगराज पोखरेल र भौतिक शास्त्र विषय शिक्षक बाबुराम पौडेल रहेका थिए ।

विद्यालयले विज्ञान विषय प्रवर्द्वन अन्तरगत विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको आठ वटा स्टल रहेका थिए उक्त अवशरमा नवीन बाजा समुहका विद्यार्थीहरुले कक्षा ११ र १२ सामाजिक विषय शिक्षक अनिल पहाडीको नेतृत्वमा उपप्राध्यापक योगराज पोखरेलको गीत प्रस्तुति संगै विद्यार्थीले बाजा बजाएका थिए साथै विद्यार्थी प्राप्ती परियारले रोचक नृत्य प्रस्तुत गरेकी थिइन् ।