२०८३ बैशाख ३
बुटवल २ वैशाख ।
मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर–इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
यसको आधिकारीक बिक्रेता गैरे प्रतिष्ठान प्रा.लि.बुटवलमा बुधवार सार्वजनिक गरिएको यो मोटरसाइकल नयाँ मोडलमा ३४९ सीसी एयर–आयल कूल्ड सिंगल–सिलिण्डर इन्जिनलाई जडान गरिएको छ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टुरक्यू उत्पादन गर्छ । कम्पनीका अनुसार यो इन्जिनलाई लेड–ब्याक बोबर स्टाइल अनुरूप स्मुथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ । यसको ५–स्पडि गियरबक्सले शहरको भीडभाड देखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ ।
मोटरसाइकलमा नयाँ असीस्ट–एण्ड–स्लिपर क्लच, अपग्रेड गरिएको युएसबि टाइप–सी चार्जीङ पोर्ट तथा डाउनसिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।
डिजाइनतर्फ यसले आफ्नो सिग्नेचर सिंगल–सीट बोबर स्टाइलिङ कायम राखेको छ । लन्चका अवसरमा गैरे प्रतिष्ठान प्रा.लि.की सञ्चालिका लक्ष्मी गैरेले नेपालका राइडरहरू माझ यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरिन् । उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्राण्डको लाइनअपमा फरक पहिचान बनाउनेछ ।
गैरे प्रतिष्ठानका लेखाप्रमुख कमल घिमिरका अनुसार बुधवार सार्वजनिक गरिएका मोटरसाइकलहरुमा ५ लाख ९८ हजार र ६ लाख २ हजार मुल्यका रहेका छन् । बुटवल सो रुम म्यानेजर नारायणप्रसाद खनालले मोटरसाइकलका विशेषताबारे चर्चा गर्दै यी मोटरसाइकलका राइडरहरुले आरामदायी अनुभव गर्ने बताएका थिए ।
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्राण्डमध्ये एक हो । ब्रिटिश विरासतबाट सुरु भएको यो ब्राण्डले भारतको मिड–साइज दुईपांग्रे सवारी सेग्मेन्टको विकासमा अग्रणी भूमिका खेलेको छ ।
ब्राण्डको ‘प्युर मोटरसाइक्लिङ’ दर्शनअनुसार कम्पनीले हन्टर ३५०, क्लासिक ३५०, हिमालयन ४५०, मेटियर ३५०, इन्टरसेप्टर ६५० लगायतका प्रिमियम मोडलहरू उत्पादन गर्दै आएको छ । रोयल इनफिल्डका भारतमा २ हजारभन्दा बढी स्टोर तथा विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ । नेपाल सहित विभिन्न देशमा कम्पनीका सीकेडी एसेम्बली फेसिलिटिज सञ्चालनमा छन् ।


