२०८१ आश्विन ३

घरदैलौमा गुरुङलाई मतदाताको समर्थनः ‘बुुटवलको विकास गर्न हामी दिन्छौं भोट’
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २७, मंगलवार १०:०२ गते

बुटवल ।
गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका बुटवल उपमहानगरका उपमेयर चिनबहादुर गुरुङको पक्षमा जनमत बढेको छ । बुटवल उपमहानगरपालिकामा तल्लो तहबाट उठ्दै राजनीतिमा समेत इमान्दार रहेका गुरुङ उपमेयरको उम्मेद्वार भएपछि बुुटवल क्षेत्रका मतदातामा खुुशियाली छाएको हो ।
बुुटवल उपमहानगरका विभिन्न क्षेत्रको घरदैलौमा पुुग्दा गुरुङका पक्षमा जनमत बढ्दै गएको पाइएको हो । २०५४ साल, २०७४ सालमा पनि बुटवलको जनप्रतिनिधि भएर काम गरेका गुरुङ उपप्रमुखमा विजयी गराउदा बुटवलबासीको हित हुने बुटवल १५ का लक्ष्मी थापाले बताईन । ‘हामीले इमान्दार नेताका रुपमा चिनेका छौं, विगतमा हामीलाई धेरैले ढाँटेका छन’ उनले भनिन –‘बुटवल चिनेको चिनबहादुर बुटवलको आवश्यकता हो ।’ उनी मात्रै होईन घरदैलौमा पुुग्दा बृद्धबृद्धाहरुले समेत शूूभकामना दिदै बुटवलको विकासका लागि नेतृत्वमा आउनुपर्ने मत राखेका छन ।
नेकपा एमालेले अंगालेको बाटोबाट आफूहरु असन्तुुष्ट भएको भन्दै एमाले समर्थकले समेत भोट दिने वाचा गर्ने गरेका छन । ‘यो पटक राजनीतिमा छलकपट नगर्ने, बुटवलको विकास गर्ने नेताको खोजी भएको पाएको छुु’ गुरुङले भने –‘गठबन्धनबाट मात्रै होईन, विपक्षी दलका साथीहरुले पनि मत दिनुुहुन्छ ।’
त्यसो त गुुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषमा लामै समय नेतृत्वमा बसेँ । त्यसले पनि उनलाई स्वतन्त्र र अन्य पार्टीमा रहेकाहरुको साथ र समर्थन रहेको हो । राजनीनित नै यातायात मजदुर फाँटबाटै अघि बढाएकाले गुुरुङप्रती समर्थन बढेको हो । बुटवल ३ मा बसोबास गर्दै आएका गुुरुङले यो पटक उपप्रमुखबाट बुटवललाई व्यवस्थित र बसोबास गर्न लायक शहरका रुपमा विकास गर्ने अठोट गरेका छन । बुटवलको अस्तव्यस्त सडकको सुुन्दरीकरण, सुकुुम्बासी समस्याको समाधान,ज्योतिनगर क्षेत्रको पहिरो व्यवस्थापन, यातायात क्षेत्रको विकास र समग्रमा बुटवललाई जनताको सारथी बनाउने उनको संकल्प छ ।
सोमबार बुटवल उपमहानगरपालिका वडा न. ३, ८ र ९ मा घरदैलौ गर्दै उपउप्रख गुरुङले आफ्नो जित भइसकेको दावी गरे ।

जनवर्गीय संगठनबाट राजनीति थालेका थिए गुुरुङले
२०२५ सालमा स्याङजा भिरकोट नगरपालिका साविक कारिकोटमा आमा दिलमाया र वुवा रुद्रसिंह गुरुङको कोखबाट भएको हो । गुरुङ २०४० सालमा बुटवल झरेका हुन ।
बुटवल उप–महानागरपालिका ३ मा बसोबास गर्र्दै आएका गुरुङ बुटवल आएपछि राजीनितमा थप सक्रिय भएका हुन । सब.सं २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी अन्र्तगत जनवर्गीय संगठन यातायात स्वतन्त्र, मजदुर संगठनको लुम्बिनी अञ्चल सदस्य हुदै उपाध्यक्ष बनेका थिए । २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य गुरुङले २०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका हुन । सरल स्वभावका गुरुङ राजनीतिलाई छलकपटको विरोधी हुन । २०७७ साल पुसमा केपि शर्मा ओलीले संसद विघटन गरेपछि यसको विपक्षमा उभिए । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी लागेका उनी बुटवल नगरका अध्यक्ष हुन ।
प्रदेश सदस्य समेत रहेका गुरुङ हाल बुुटवल उपमहानगर वडा न. ३ को जनप्रतिनिधि समेत हुन । ‘जनप्रतिनिधि भएर काम गरेको अनुुभव छ, मैलै कम्तीमा पनि उपप्रमुख भएर बुटवलबासीले भोग्दै आएका खानेपानी, फोहोर मैलाको व्यवस्थापनलाई दीगो बनाउँदै बुुटवललाई सुन्दर बनाउने अठोट गरेको छुु ’ उनले भने । गुरुङ विसं २०५० सालमा ट्रेड युनियन महासघ लुम्बिनी राप्ति अञ्चल सदस्य भए । २०५४ सालमा साविक बुटवल वडा न ५ को जनप्रतिनिधि भएर काम गरेको अनुुभव पनि छ ।
२०६२÷६३ जन–आन्दोलनमा घाईते समेत भए । राजनीतिमा निष्ठाका साथ लागेका उनले कहिल्यै गलत नेतृत्वको पक्षपोषण समेत गरेनन । २०७४ को निर्वाचनमा वडा न. ३ मा लोकप्रिय मतका साथ जनप्रतिनिधिमा निर्वाचित गुरुङले केहि समय वडाको कार्यवाहक अध्यक्ष भएर जिम्मेवारी वहन समेत गरे । बुटवलमा जनजाती समुदायको बाक्लो सहभागिता रहेको तर नेतृत्वमा जनजाती नपुुगेकाले पनि यो पटक उपप्रमुखमा उम्मेद्वारी दिदा समुदायको पनि न्याय भएको उनी बताउछन । गुरुङ नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रिय सदस्य समेत हुन ।
गुरुङले आफ्नो राजनीतिक जीवनको धेरै समय यातायात क्षेत्रका मजदुरको हक हितमा केन्द्रीत गरेर बिताए । उनी यातायात मजदुर तथा व्यवसायी भलाई कोषको ३ कार्याकाल सदस्य, एक कार्यकाल उपाध्यक्ष हुँदै अध्यक्षको नेतृत्व समाले ।
तत्कालिन नेकपा एमाले निकट मजदुर इलाका कमिटी सचिव, मजदूर विषेश जिल्ला कमिटी सदस्य कार्याकाल नेकपा एमाले जिल्ला कमिटी सदस्य २ कार्याकाल, एमाले जिल्ला कमिटि सचिवालय सदस्य भएर काम गरेँ ।