२०८२ माघ २७

रुपन्देहीमा २०८ मतदान स्थल, ७०० मतदान केन्द्र
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २८, बुधबार ०१:०४ गते

रुपन्देहीमा २०८ मतदान स्थल, ७०० मतदान केन्द्र खटिए झण्डै १२ हजार कर्मचारी तथा सुरक्षाकर्मि 

बुटवल २७ बैशाख ।

रुपन्देहीमा स्थानिय निर्वाचनका लागि मतदान स्थलहरुमा कर्मचारी तथा सुरक्षाकर्मीहरु मंगलवारबाट खटाइएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलवार बाट कर्मचारी तथा सुरक्षाकर्मी मतदान स्थलहरुमा खटिएको बताए । रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीका अनुसार रुपन्देहीका २ सय ८ मतदान स्थलमा ७ सय मतदान केन्द रहेका छन । यी केन्द्र्रमा झण्डै १२ हजार कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । रुपन्देहीमा ३ लाख २३ हजार ७ सय ७८ पुरुष, ३ लाख ८ हजार ५ सय ७४ महिला, ८ अन्य गरि ६ लाख ३२ हजार ३ सय ६० मतदाता रहेका छन । रुपन्देहीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० वटा गाउपालिका रहेका छन । यहा सबै भन्दा धेरै मतदाता बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ रहेका छन ।