२०८३ बैशाख २८
बुटवल, २७ बैशाख ।
बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत आईतवार भएको खेलमा अभिशेक चर्च, नवलपुर विजयी भएको छ ।
चर्चले आयोजक विस पचहत्तर युवा परिवारलाई ४–० गोल अन्तरले पराजित गरेको हो । यो जितसंगै चर्च अन्तिम चारमा पुगेको छ ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलमा अभिशेष चर्चका लागी रेखा विष्ट र अनिता रानामगरले २–२ गोल गरेका हुन ।
खेलको पहिलो हाफको ३२ औ मिनेटमा चर्चले पहिलो गोल गरेको थियो । चर्चकि जर्सी नं. ९ कि अनिता रानामगरले टिमका लागी पहिलो गोल गरेकि हुन ।
खेलको दोस्रो हाफको १० औ मिनेटमा चर्चकि जर्सी नं. १० कि रेखा विष्टले टिमका लागी दोस्रो गोल गरेकि थिईन । त्यसको ७ औ मिनेटपछि अभिशेष चर्चका लागी अनिताले व्यक्तिगत दोस्रो तथा टिमका लागी तेस्रो गोल गर्न सफल भइन । अभिशेषका लागी भएको चौथो गोल रेखा विष्टले गरिन ।
खेलमा अभिशेक चर्चकि अनिता रानामगरले प्लेर अफ द म्याच हुदै नगद ५ हजार प्राप्त गरिन ।
सोमवार नेपाल पुलिस क्लब, काठमान्डौ र हेटौडा फुटवल क्लब, मकवानपुरकावीच हुने सचिव दिपक गुरुङले जनाएका छन् ।
बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको प्लेअर दि म्याच हुने खेलाडीले ५ हजार नगन पाउने छ ।
प्रतियोगिता हेर्न आउने दर्शकका लागि करिब ३ हजार क्षमता भएको अस्थायी प्याराफिट निर्माण गरिएको छ । जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी रहेको छ । प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोट्र्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौडा र आयोजक बीस पचहत्तर युवा क्लबले सहभागी रहेका छन् ।

