२०८३ जेष्ठ ३

नवीनमा क्यालेन्डर विमोचन, ४ जिपिए ल्याउन सफल अन्जनालाई सम्मान
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ ३, आईतवार १४:२७ गते

बुटवल, ३ जेठ ।
नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगर बुटवलमा शैक्षिक सत्र २०८३ को क्यालेन्डर विमोचन गरिएको छ।
क्यालेन्डर विमोचन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारका सहसचिव दीपक ज्ञवालीले कुनै पनि विद्यालयको शैक्षिक क्रियाकलाप ठिक समयमा सञ्चालन गरी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्यालेन्डरको महत्त्व शिक्षक, अभिभावक ,कर्मचारी, विद्यार्थीहरू र सरोकारवालाहरुलाई हुने हुँदा क्यालेन्डर कार्यान्वयनमा प्रशासनले ध्यान दिनुपर्ने र विद्यार्थी अभिभावक लगायत सबैले पालना गर्नुपर्ने बताए । उनले २०८२ को एसइइ परीक्षामा ४ जिपिए ल्याउन सफल विद्यार्थी अन्जना ज्ञवालीलाई सम्मान गर्दै बधाई सहित उज्ज्वल भविष्यको कामना पनि गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा कक्षा ९ का विद्यार्थी रोशन पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री ,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद खरेल, सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूहका इन्चार्ज लक्ष्मीनारायण चौधरी ,व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी ,व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थ, कानुन समूहका इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, २०८२ को एसइइमा चार जीपीए ल्याउन सफल मेधावी विद्यार्थी अन्जना ज्ञवाली र अभिभावक कोपिला ज्ञवाली शिक्षकहरू कक्षा ११ विज्ञान समूहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयका समग्र भौतिक, शैक्षिक ,आर्थिक र व्यवस्थापकीय गतिविधिहरू, विद्यालयका सबल पक्षहरू , कमजोर पक्षहरू, अवसर र चुनौतीहरू ,विद्यालयको मानव संसाधन व्यवस्थापन , मानव संसाधन योजना र मानव संसाधन विकासका सम्बन्धमा बताएका थिए ।