२०८२ असार ८

रुपन्देहीको देवदह नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले बिजयी
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ४, बुधबार ११:२५ गते

बुटवल ।
रुपन्देहीको देवदह नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा एमालले बिजय हासिल गरेको छ । नगर प्रमुखमा ध्रुव खरेलले १२ हजार ९ सय ४३ मत ल्याएर बिजय भएका छन ।उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ३ सय २३ मत पाएका छन । हिरा बहादुर खत्री यसअघिका देबदहका नगरप्रमुख हुन ।यस्तै, उपप्रमुखमा नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङ बिजयी भएकी छन । उनले १३ हजार ७ सय ८४ मत ल्याएर बिजय भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी सुन्दरी गिरीले ७ हजार २ सय ९० मत ल्याएकी छन । गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन् ।