२०८२ माघ २६

रूखबाट लडेर पत्रकारको मृत्यु
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २४, मंगलवार १६:३९ गते

बुटवल । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक रौताडी निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोखरेलको  मृत्यु भएको हो ।

मंगलबार दिउँसो रुखबाट लडेर पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पोखरेल प्रेस सेन्टर नवलपरासीका अध्यक्ष समेत हुन । साथै उनी रेडियो नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजर र कृयाशिल पत्रकारका रुपमा परिचित छन । उनी भेटघाटको लागि पाँच दिनअघि घर आएका थिए । पोखरेलले विगत लामो समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए ।