२०८२ माघ २६

बिकासका काममा भद्दा मजाक नगर्न पौडेलको आग्रह
  • लुम्बिनी खोज
  • २०७९ असार २०, सोमबार १०:२० गते

बुटवल ।
पुर्ब उपप्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु पौडेलले बिकासका काममा अनाबश्यक भद्दा मजाक नगर्न आग्रह गरेका छन । बुटवल बडानं १५ र सैनामैना १ दानब नदी कर्साघाट पुलको उद्घाटन गदै पौडेलले यस्तो बताएका हुन । दानव तिनाउ करिडोरमा यस्तै प्रकारको राजनीति भएको दृष्टान्त प्रस्तुत गर्दै उनले सवै नागरिकले माग गरेर मात्र यो आयोजना बनाएको तर्क गरे । पत्रकारहरूलाई सहि सूचना प्रबाह गर्न अनुरोध गर्दै उनले भने नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने हो,किनारमा वसेकालाई जवर्जस्ती हटाउने हैन । अझ राम्रो ठाउँमा पूर्बाधार विकास गरेर स्थानान्तरण गर्ने हो ।
दुबै किनारमा करिडोर गराउँदा यो ठाउँ कहाँ पुग्ला ? तँपाईहरू कल्पना गर्नुस, उनको प्रश्न थियो । बिकासको कुरा गर्दा रूपन्देही जिल्ला मात्र हैन,सिंग प्रदेशनै अब्बल छ र विकासको मोडल हेर्न आउनेहरूका लागि रूपन्देही मानक बनेको छ भन्दै पौडेलले भने एयरपोर्टको दोश्रो चरणको कामको पूरा तयारी भएको छ । तिनाउमा सिग्नेचर ब्रृज बन्दै छ । गोरूसिंगेसम्मको सडक चौडा बन्दैछ । केही हप्तामा टेण्डर हुँदैछ । जसको लागत १ अर्ब वढी हो ।बिकासका प्रश्नमा जनताले साथ दिनुस हामी पूरा गर्छौ, उनको भनाई थियो । सैनामैना १ र बुटवल १५ र जोड्ने यो पुलको लम्बाई १२७ मि छ ।