२०८१ आश्विन ४

पश्चिम नेपाल विकास ट्रष्टमा तीज मिलन
  • लुम्बिनी खोज
  • २०७९ भाद्र १०, शुक्रबार ०७:४५ गते

बुटवल ।
हरितालिका तीज पर्वका अवसरमा पश्चिम नेपाल बिकास ट्रष्टले तिज मिलन कार्यक्रम गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल सस्था पश्चिम नेपाल बिकास ट्रष्टले गरेको तीज मिलन कार्यक्रममा सस्थाका पदाधिकारी, सदस्य तथा अनय ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष मोम प्रसाद गुरूङले तीज पर्वको विशेष अवसरमा कार्यक्रम गरिएको भन्दै आगामी दिनमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए । कार्यक्रममा सल्लाहकार विष्णु घिमिरेले सामाजिक कामलाई निरन्तरता दिदै आएको सस्थाले तीज पर्वका अवसरमा मनोरञ्जनसहितको कार्यक्रम गरेकोमा प्रशंसा ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक काम सगै यस किसिमका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गरे ।

समितिको उपाध्यक्ष माधव प्रसाद आचार्यसहितका पदाधिकारीहरुको समेत उपस्थीति रहेको कार्यक्रममा सचिव पदमलाल घिमिरेले कार्यक्रमका बारेमा जानाकारी गराएका थिए । कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी अधिकारी, सदस्यहरु देवी प्रसाद घिमिरे, अनमिका घिमिरेलगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नाचगानसहित मनोरञ्जन गरिएको थियो ।