२०८२ माघ २५
बुटवल ।
प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही २ बाट एमाले नेता विष्णु पौडेललाई एमाले क्षेत्रीय कमिटीले उम्मेदवार सिफरिस गरेको छ । रुपन्देही २ बाट विगतका तीन वटा निर्वाचनमा प्रतिस्पर्धीहरुलाई भारी मत अन्तरले पराजित गरेर विजयी बन्दै आएका एमाले उपाध्यक्ष पौडेल सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएको एमाले रुपन्देहीका एक नेताले बताए ।

रुपन्देही २ मा यस अघि नेपाली कांग्रेस क्षेत्रीय समिति रुपन्देही २ ले कांग्रेस नेता एंव गृहमन्त्री बालकृष्ण खाण, युवराज गिरी, अधिबक्ता कृष्णप्रसाद पोखरेल, चुन्नप्रसाद पौडेल र अर्का अधिबक्ता गोकर्ण पौडेलको नाम सिफरिस गरेको छ । यस क्षेत्रबाट नेकपा एकीकृत समाजवादीले राजु गुरुङलाई उम्मेदवार सिफरिस गरेको छ । ५ बाट खिमलाल भट्टराई सिफरिस एमालेको ५ नम्वर क्षेत्रीय कमिटी रुपन्देहीले प्रतिनिधि सभा निर्वाचनका लागि नेता खिमलाल भट्टराईलाई सिफरिस गरेको छ । अनेरास्ववियुका पूर्व अधयक्ष समेत रहेका भट्टराई पनि सर्वसम्मत रुपमा उम्मेदवार सिफरिस भएका छन । यस क्षेत्रबाट कांग्रेस क्षेत्रीय समितिले नेता भरतकुमार शाहलाई उम्मेदवार सिफरिस गरेको छ ।