२०८१ आश्विन ४

नविनमा नव आगुन्तुक विद्यार्थीहरुलाई सम्मान
  • लुम्बिनी खोज
  • २०७९ भाद्र २६, आईतवार १०:२३ गते

बुटवल ।

नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा व्यवस्थापन र शिक्षा समूह कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा अध्ययन गर्ने नव आगुन्तुक विद्यार्थीहरुलाई शनिवार सम्मान गरेका छन ।कार्यक्रममा बोल्दै शिक्षाविद प्राध्यापक आनन्दमान शिह शाक्यले शिक्षा भनेको लगानी हो यो निरन्तर हुनु पर्न्छ यसबाट भावी जीवनमा प्रतिफल पाउने हुँदा शिक्षक बर्गले पनि जीवनमा उतार्न किसिमले पठनपाठन गराउन विद्यालय र समाजको अनुकुलतामा ढालेर व्याहारिक र जीवन यापन गर्ने असल नागरिक बन्न सक्ने शिक्षणमा जोड दिनु पर्ने धारणा व्यक्त गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं युवा व्यावसायि कृष्ण प्रसाद खरेल,प्रधानाध्यापक प्रेम बहादुर बस्नेत,व्यवस्थापन, शिक्षा तथा कानुन समुहका इन्चार्ज अर्जुन खनाल, व्यवस्थापन समुह शिक्षक केशव भण्डारी, नवीन विद्यार्थी क्लवका अध्यक्ष जुना परियार, कक्षा १२ शिक्षा समुहका विद्यार्थी निरज श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए । कक्षा १२ व्यवस्थापन समुहका विद्यार्थी निरज तिवारीको अध्यक्षतामा, व्यवस्थापन समूह कक्षा १२का विद्यार्थीद्वय प्रविन आचार्य र समिक्षा चापागाईंको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य समिक्षा कुँवरले गरेकी थिइन् । व्यवस्थापन र शिक्षा समुहका विद्यार्थीहरुद्वारा रोचक सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रमको सहजीकरण अनिषा ज्ञवाली र विष्णु पोख्रेलले गरेका थिए । विद्यालयमा विज्ञान,सिभिल इन्जिनियरिङ,व्यवस्थापन,कानुन र शिक्षा समूह अध्यापन हुने गरेको छ कक्षा ११ र १२ मा करिव १८२२ विद्यार्थी र मन्टेश्वरी देखि कक्षा १२ सम्म ४ हजार विद्यार्थी अध्ययनरत रहेका छन्।