२०८२ माघ २५

संविधान दिवसमा बुटवलमा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ आश्विन ३, सोमबार १६:०५ गते

लुम्विनी प्रदेश सरकारद्धारा ६१ जनालाई विभिन्न पदक घोषणा
बुटवल ।
संविधान दिवसका अवसरमा लुम्विनी प्रदेश सरकारले विविध कार्यक्रम गरेको छ । सोमवार विहान प्रभातफेरीसहित गरिएको कार्यक्रममा ६१ जनालाई विभिन्न पदक प्रदान गर्ने घोषणा गरिएको छ । लुम्विनी प्रदेशमा पदकहरुको घोषणा संविधान दिवस (असोज ३ गते) र वितरण प्रदेश स्थापना दिवस फागुन ३ गते गर्ने परम्परा कायम गरिएको छ । विभिन्न जिल्लाका विभिन्न ब्यक्तित्वहरुलाई विभिन्न क्षेत्रमा योगदान पु¥याए वापत पदकबाट विभुषित गर्ने घोषणा गरिएको जानाकारी गराइएको थियो ।
आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाका अनुसार प्रदेश प्रमुख जनसेवा पदक, मुख्यमन्त्री प्रज्ज्वलदीप पदक, प्रदेश सेवा समर्पण पदक, उजीरसिंह दीप पदक, समाजसेवा श्रीपदक, प्रदेश रत्न पदक, प्रदेश प्रज्ञा पदक, प्रजापति गौतमी पदक, दङगीशरण बलिहाङग पदक घोषणा गरिएको हो ।
संविधान दिवस समारोहमा प्रभातफेरीमा सहभागिता जनाएका मध्ये उत्कृष्टहरुलाई नगदसहित सम्मान समेत गरिएको थियो । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा वोल्दै मुख्यमन्त्री केसीले संविधानको कार्यान्वयन र रक्षाका लागि परिवर्तनकारी र गणतन्त्र पक्षधहरु नै एकीकृत र केन्द्रीकृत हुनुपर्ने धारणा राखेका थिए ।