२०८२ माघ २५

कृषि विकास निर्देशनालयको बार्षिक कार्यक्रम सर्वाजनिक
  • लुम्बिनी खोज
  • २०७९ आश्विन १३, बिहीबार १०:५५ गते

बुटवल । लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आर्थिक बर्ष २०७९÷८० को बार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा बिहिवार निर्देशनालयले बार्षिक कार्यक्रम सार्वजनिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले कृषिको विकास लागि प्रदेश मन्त्रालयलले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले कृषिको विकास विना आर्थिक समृद्धी परिकल्पना गर्न नसकिने चर्चा गर्दै कृषिको विकासका लागि प्रदेश सरकार, स्थानीय तह र संघीय सरकारका विचमा आपसी संमन्वयको खाँचो रहेको धारणा राखे ।
बार्षिक कार्यक्रम प्रस्तुत गर्दै निर्देशनालयका निमित्त प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ हरि प्रसाद पण्डितले ६ करोड ५१ लाख २६ हजार रुपैयाँ बराबरको कार्यक्रम तय गरिएको जानकारी दिए । निमित्त प्रमुख पण्डितका अनुसार यो आर्थिक बर्षमा निर्देशनालयबाट मुख्य गरी स्रोत केन्द्र विकास, बगैचा सुदृढिकरण, सिंचाई सहितको कृषि विकास , मागमा आधारित कृषि तथा पशुपंक्षि विकास, आवश्यकतामा आधारित कृषि तथा पशुपंक्षि विकास सहयोग प्रोत्साहन अनुदान कार्यक्रम तय गरिएको छ ।
महिला लक्षित उन्नत किट वितरण, उच्च प्रविधियुत्त टिस्युकल्चर प्लान्ट स्थापना, कृषि यन्त्रीकरण, विउमा आत्मनिर्भर कार्यक्रम यो बर्ष निर्देशनालयले मुख्य कार्यक्रमको रुपमा अगाडी बढाएको छ । कार्यक्रम सार्वजनिककरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देही कार्यालय प्रमुख नारायण प्रसाद काफ्ले, कार्यक्रममा निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि अधिकृत दयाराम बस्याल, बुटवल उपमहानगरालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी, कृषि मन्त्रालयका बागवानी विकास अधिकृत सुनौना बराली लगायतको सहभागीता रहेको थियो ।