२०८२ माघ २५

यी क्षेत्रमा रोचक चुनावी प्रतिस्पर्धा
  • लुम्बिनी खोज
  • २०७९ आश्विन २३, आईतवार १०:४२ गते

बुटवल ।
मंसिर ४ गते हुने निर्वाचनका लागि आइतवार उम्मेदवारी दर्ता सगै नेताहरुवीच रोचक प्रतिस्पर्धा शुरु भएको छ । विभिन्न क्षेत्रमा वरिष्ठ नेताहरु वीचमा नै चुनावी भिडन्त शुरु भएको छ ।

रुपन्देही क्षेत्र नं ३ बाट सत्तागठबन्धनका तर्फबाट कांग्रेस नेता गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी दर्ता गराएका छन् । यहा एमाले र जसपासहितको गठबन्धनबाट राप्रपा बरिष्ठ नेता दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता खाण र राप्रपा नेता बोहोरावीच रोचक प्रतिस्पर्धा रहेको छ ।

त्यस्तै प्रदेश सभा तर्फ ३ को १ बाट लोसपाका सन्तोष पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै ३ को २ बाट कांग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन । एमाले, जसपासहितको गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को १ बाट प्रदेश सभामा जसपाका महेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फ बाट ३ को २ मा तुलसी चौधरीले मनोनयन दर्ता गराएका छन् ।

विष्णु पौडेलसग राजु गुरुङ

रुपन्देही क्षेत्र नम्वर २ मा एमाले नेता विष्णु पौडेलसग नेकपा एकीकृतका नेता राजु गरुङ चुनावी मैदानमा उत्रिएका छन । पौडेल विपक्षी गठबन्धनका उम्मेदवार हुन भने गुरुङ सत्ता गठबन्धनका उम्मेदवार हुन । रुपन्देही २ मा पौडेल र गुरुङका अतिरिक्त अन्य दलबाट समेत उम्मेदवारी परेको छ ।