२०८२ माघ २५

रुपन्देही ५ मा घिमिरे एमालेको आधिकारिक उम्मेदवार
  • लुम्बिनी खोज
  • २०७९ आश्विन २४, सोमबार १०:५६ गते

बुटवल ।
प्रतिनिधि सभाका लागि रुपन्देही–५ मा नेकपा एमालेको तर्फबाट दुई जनाको उम्मेदवारी परेकोमा बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।
आइतबार रुपन्देही–५ मा एउटै पार्टीका बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।
घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका बमोजिम घिमिरेले आधिकारीकता पाएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।
निर्देशिकामा दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।
निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।