२०८२ बैशाख ८

स्वस्थ्य जीवनका लागि योगिराजको यस्तो छ सुझाव
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार १०:०० गते

बुटवल ।
कोरोना संक्रमितको मनोवल उच्च राख्न योग अभियानलाई निरन्तरता दिएका लुम्विनी आयुर्वेदिक औषद्यालय बुटवलका विष्णुहरि आचार्य (योगिराज) हिजोआज शिक्षक तथा विद्यार्थीका माझ योग अभियान सञ्चालन गर्नमा ब्यस्त छन ।

विगतमा आफै कोरोना संक्रमित हुदा पनि योग प्रशिक्षणमा रमाउदै संभावित संक्रमितहरु रहेका क्वारेन्टाइनहरुमा तथा संक्रमितहरु रहेका आइसोलेसनमा योग शिक्षा दिएका थिए । हाल कोरोना संक्रमण कम हुदै गएको छ तर पनि हरेक किसिमका रोग तथा महामारीबाट जोगिन योगको महत्व बढी हुने उनको भनाइ रहेको छ । योग, ध्यान, खानपानले मानिसलाई स्वस्थ्य राख्न मद्दत मिल्ने उनको सुझाव छ । त्यस्तै उनी मनोवल उच्च बनाउनुपर्नेमा पनि जोड दिन्छन । स्वस्थ्यकर्मीहरु समेत जान आनाकानी गर्ने ठाउहरुमा पुग्ने र आफूले जानेको योगशिक्षा दिदै डर त्रासमा क्वारेन्टाइनमा दिन विताइरहेकाहरुको मनोवल उच्च राख्न उनले खेलेको भुमिकाको प्रशसा हुदै आएको छ ।
संक्रमितलाई उत्साह बढाउने, आत्मवल दह्रो बनाउने देखि योग शिक्षाले मानिसमा सकरात्मक सन्देश दिने गर्छ । संक्रमितहरु रहेको आइसोलेसन केन्द्रहरुमा संक्रमितहरुलाई दिन विताउन गाह्रो हुने अवस्थामा योगिराजको योगशिक्षाले उनीहरुको दैनिकी बदलिदियो । दैनिक योगिराजको योगले कोरोना जित्न बल पुगेको अनुभुती केही केही संक्रमितहरु गरे ।
कोरोना पोजेटिभ भएर आइसोलेसन बस्दा उनले मनोबललाइ बलियो र दह्रो बनाउने कला सिकाउने देखि खानपान आहार विहार सम्वन्धी शिक्षा दिने काम जारी राखे । आफूसंक्रमित हुनु अगाडी योग ध्यान द्वारा कम्पाउन्ड बाहिरबाट संक्रमितहरुलाई मनोपरामर्श दिदै आएका उनी संक्रमित भएपछि कम्पाउन्ड भित्रै रहेर उनिहरुको मनोबल बढाइरहे ।
स्थानिय ठाउमा पाइने रोग प्रतिरोधक जडिबुटीको उचित प्रयोगको जानकारीका साथै योग प्रणायाम र ध्यान द्वारा संक्रमितहरुको मनोबल वृद्धि गर्ने योगिराजको नियमित अभियान जारी राखे । योग प्रणायाम र ध्यानद्वारा मनमा आएका बेखुसीका लहरहरुलाइ हटाउन सकिन्छ । उनी भन्छ्न–‘ कोरोनाले आम नागरिकको मन छिया छिया पारेको छ, धेरैका मन दुखेर मनोबल तथा आत्मबल कमजोर बनायो । यस्तो अवस्थामा योगको माध्यमबाट मनोवललाइ बलियो र दह्रो बनाउन लागि परे, त्यस किसिमको कला सिकाउदै, नचाउदै, हसाउदै मनोरञ्जन प्रदान गरे । हिजो आज विभिन्न स्थानमा योगका कार्यक्रम सञ्चालन गर्दै आएका उनले योग प्रशिक्षकका क्रममा विभिन्न योग आसन तथा ध्यान विधिबारे सिकाउने गरेको बताउछन । अर्को तर्फ आहर बिहारका बारे उनले जानाकारी गराउछन ।
योग शिक्षाले मानिसको दैनिकीमा सकरात्मक प्रभाव पार्ने र शरिर स्वस्थ्य राख्न मद्दत मिल्ने उल्लेख गर्दै आचार्य भन्छन,– योग शिक्षाले तनाव मुक्त बनाउनेदेखि सहज रुपमा दिन विताउन मद्दत मिल्छ । आचार्यले योगलाई शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइने बताउछन ।
मानिसलार्ई निरोगी, स्वस्थ्य राख्न योगको महत्व बढी हुने उनको भनाइ छ । उनी भन्छन, मस्तिष्कको स्वास्थ्यका लागि योग एक प्राकृतिक औषधि हो, योगले शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउछ, योग र आहारविहारमा ध्यान दिन सकियो भने स्वस्थ्य जीवनयापन गर्न सकिन्छ । ।