२०८१ आश्विन ४

सामुदायिक तर्फ सर्वोत्कृष्ट विद्यालय अफ एयर २०२२ मा नवीन मावि
  • लुम्बिनी खोज
  • २०७९ आश्विन २८, शुक्रबार १०:३४ गते

      दुबईमा नेपालका विभिन्न क्याम्पस, विद्यालय तथा शैक्षिक सस्थालाई अवार्ड वितरण

वुटवल ।
अंग्रेजी माध्यममा काठमाडौबाट प्रकाशन हुने अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले नेपाल शिक्षा पुरस्कार २०२२ बितरण गरेको छ । नेपाल शिक्षा पुरस्कार एक कार्यक्रमका बिच दुबईमा बितरण गरेको हो । कार्यक्रममा नेपाल भरका विभिन्न क्याम्पस, विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा १६ वटा व्यक्तिहरु गरी ५० वटा अवार्डहरु वितरण गरिएको थियो । सामुदायिक विद्यालय तर्फ सर्वउत्कृष्ट सामुदायिक विद्यालय अफ एयर २०२२ मा नवीन औद्योगिक कदर बहादुर रीता माविले प्राप्त गरेको छ । भने अन्य सबै विद्यामा हिसान, प्याव्सन तथा एनप्याव्सन संग सम्बन्धित क्याम्पस, विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले प्राप्त गरेका छन । यस्तै निजी विद्यालय तर्फ बुटवलको स्कलर्स होम एकेडेमीले उदाउदो प्लस टु स्कुल अफ द एयर २०२२ प्राप्त गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि व्यापारिक परिषद दुबईका अध्यक्ष डा असिक अलि, विशिष्ट अतिथि दुबई सरकारका सुरक्षा अफिसर मोहमद हुसेन, विशिष्ट अतिथि मधेश प्रदेश विश्व विद्यालयका उप कुलपति प्रा।डा। दिपक शाक्यले नेपाल अधिराज्य भरका विभिन्न क्याम्पस,विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरु सहभागी थिए ।
कार्यक्रममा साउथ वेस्टन कलेजका क्याम्पस प्रमुख डा।राजेन्द्र के.सी, डा.नर बहादुर विष्ट, अक्सफोर्ड कलेज गैडाकोटका संस्थापक क्याम्पस प्रमुख हरि भण्डारी, जगन्नाथ सापकोटा प्याव्सनका केन्द्रीय सदस्य पुषोत्तम अधिकारी, हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल, एनप्याप्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, जनार्दन देवकोटा, रमेश घिमिरे, निशा भट्ट लगायतले मन्तब्य व्यक्त गरेका थिए । पोखरा विश्व विद्यालयका रजिष्टर प्रा.डा दीपक बहादुर भण्डारीको संयोजकत्वमा अवार्ड मुल्यांकन गर्न ३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। व्रिटिश काउन्सिलद्वारा इन्टरनेशनल स्कुल अवाड २०१७‒२०२० र २०२१–२०२४ प्राप्त गरेको पूर्ण अंग्रेजी माध्यममा मन्टेश्वरी देखि कक्षा १० सम्म पठनपाठन हुने सामुदायिक विद्यालय कक्षा ११ र १२ मा विज्ञान,सिभिल इन्जिनियरिङ,व्यवस्थापन, कानुन र शिक्षा समूह समेत अध्यायन हुने गरेको छ । साथै २०७८ को राष्ट्रिय परीक्षा वोर्डका कक्षा १२ को वोर्ड परीक्षाका आधारमा बुटवल उपमहानगरपालिकाका सामुदायिक विद्यालय तर्फ उत्कृष्ट भएर हालै २ लाख नगद प्राप्त गरीसकेको छ । हाल विद्यालयमा कक्षा १२ सम्म ४हजार एक सय विद्यार्थीहरु अध्यायनरत छन ।