२०८२ कार्तिक २७
बुटवल ।
रुपन्देहीमा प्रहरीले ५ लाख ५९ हजार रुपैया बराबरको अवैध चाँदी र मोटरसाईकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बरामद चादी र मोटरसाइकल आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।
जिप्रका रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालका अनुसार भारत वाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा चाँदी ओसार पसार हुदै छ भन्ने गोप्य सूचान प्राप्त भए पश्चात प्रहरी अधिकृत समेतको टोली खटिइ सिद्धार्थनगर नगरपालिका वडा न. २ मेउडिहवामा शंकास्पद मानिस तथा सवारी साधनहरुलाई चेकजाचँ गर्ने क्रममा बिहिवार दिउसो ५ बजे सो सामान बरामद भएको हो ।
महाराजगंज थाना कोलही भारत बस्ने बर्ष २५ को भारतिय नागरिक शैलेन्द्र वर्माले चलाई ल्याइको नम्बरको मोटर साईकलको पछाडी सवार सोही ठाउ बस्ने बर्ष २६ को सतेन्द्र बर्मा समेतको शरीर खानतालसी गर्दा उक्त मोटर साईकलको डिक्की भित्र लुकाई छिपाई गरी राखेको ७ (सात) पिस चाँदी ( ४ किलो ५२२ ग्राम ) फेला परेको थियो । मोटरसाईकल सहित अन्दाजी मुल्य ५ लाख ५९हजार ४११ बरावरको सामान बरामद गरी चाँदी, मोटरसाइकल र मानिसहरुलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।