२०८२ कार्तिक २७

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवल मण्डपमा आयोजना हुने
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक १४, सोमबार ०८:५५ गते

आगामी पौष ७ देखि १९ गतेसम्म बुटवलमा संचालन हुन गइरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी सुरु    उपसमितिहरु गठन

बुटवल ।
रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मुल नाराका साथ आगामी पौष ७ देखि १९ गतेसम्म बुटवलमा संचालन हुन गइरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी सुरु गरिएको छ । प्रर्दशनीको काम अगाडि बढाउनका लागि निर्देशन तथा कार्यान्वयन समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
राजधानी बाहिर निर्माण गरिएको अन्तराष्ट्रिय प्रर्दशनी स्थल, बुटवल मण्डपमा आयोजना गरिने प्रर्दशनीमा बुटवल उपमहानगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौं सह आयोजक तथा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय, कृषि तथा भूमी व्यवस्थापन मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड काठमाडौं प्रवद्र्धक रहेका छन् ।
प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधब प्रसाद पौडेलको मूल संयोजकत्वमा निर्देशन तथा कार्यान्वयन समिति गठन गरिएको छ । आयोजनालाई भव्य, सभ्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न विशिष्ठ व्यक्तित्वहरु रहेको विशेष सल्लाहकार र सल्लाहकार समिति समेत गठन गरिने जनाइएको छ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादनका लागि बजार प्रवद्र्धन गर्न र उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ स्वदेशी उद्योगहरु मात्रको सहभागिता रहने गरी रुपन्देही उद्योग संघले राजधानी बाहिर प्रथम पटक २०४५ सालमा र तत्पश्चात् निरन्तर राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । यस पटकको आयोजनामा कृषि, प्रविधि र पर्यटनलाई समेत विशेष प्राथमिकता दिइने मूल समितिका संयोजक माधव प्रसाद पौडेलले बताए ।
बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रर्दशनीमा स्वदेशी उत्पादन, नया प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टछुट्टै पेभिलियनको व्यवस्था गरिनेछ । आयोजनालाई सफल तुल्याउन र तयारीको कामलाई व्यवस्थित गराउन ३१ वटा विभिन्न उपसमिति गठन गरिएको छ । जस अनुसार मूल्यांकन उपससमितिको संयोजकमा निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, स्टल दर्ता उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, स्टल वितरण उपसमिति संयोजकमा प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, स्टल अनुगमन उपसमितिको संयोजकमा द्वितिय उपाध्यक्ष जीवकान्त काप्mले, मूल समितिको सदस्य सचिवमा महासचिव हरिबहादुर खत्री, बाल उद्यान उपसमिति संयोजकमा कोषाध्यक्ष हिरामणी भट्टराई, परिचय पत्र उपसमिति संयोजकमा सचिव बसन्त ढकाल, परिचय पत्र (स्टल) उपसमिति संयोजकमा महिला सचिव मन्जु भुसाल, गेट टिकट उपसमिति संयोजकमा सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली रहेका छन ।
यसैगरी पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य सुमन बस्याल, सौजन्य व्यवस्थापन उपसमिति संयोजकमा प्रज्जवल थान्जु, खेलकूद तथा अतिरिक्त क्रियाकलाप उपसमितिको संयोजकमा माधब प्रसाद नेपाल, श्रव्यदृश्य उपसमिति संयोजकमा अशोक कुँवर, उद्घाटन तथा समापन व्यवस्थापन उपसमितिको संयोजकमा शारदा भट्टराई, प्राथमिक उपचार उपसमिति संयोजकमा मिना थापा, स्टल निर्माण उपसमिति संयोजकमा कमल ज्ञवाली, खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा प्रेम बहादुर आले, औद्योगिक जनचेतना ¥याली उपसमिति संयोजकमा चन्द्रकान्त खनाल, कृषि प्रवद्र्धन उपसमिति संयोजकमा लाल बहादुर थापा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा बल बहादुर गोदार, पार्किङ्ग व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द प्रसाद भुसाल, गोष्ठी तथा सेमीनार उपसमिति संयोजकमा राजु घिमिरे, गेट तथा सचिवालय निर्माण उपसमिति संयोजकमा नेत्र रुचाल, साउण्ड तथा मन्च निर्माण उपसमिति संयोजकमा लाल प्रसाद बस्याल, प्रचार प्रसार उपसमिति संयोजकमा लालहरि पाण्डे, अतिथि सत्कार उपसमिति संयोजकमा जमुना सुवेदी पोखरेल, बिद्युत व्यवस्थापन उपसमिति संयोजकमा विशाल बेलबासे, सूचना प्रविधि उपसमिति संयोजकमा रमेश खनाल, सांस्कृतिक उपसमिति संयोजकमा मोहनीलाल रिजाल, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा युवराज आचार्य, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा टंक नारायण आचार्य र प्रदर्शनी प्रबन्धकमा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहेका छन ।
प्रर्दशनी आयोजना गर्न निर्माणको काम थालिएपछि विगत ५ बर्ष देखि बुटवल मण्डपमा कुनै कार्यक्रमहरु आयोजना हुन सकेको छैन । रुपन्देही उद्योग संघले बुटवल मण्डपमा नयाँ संरचनामा पहिलो पटक आधुनिक व्यवस्थापनका साथ प्रदर्शनी आयोजना गर्न लागेको हुँदा आम उपभोक्ताहरुको चासो रहने प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताए ।