२०८१ आश्विन ८

मंसिर ४ पछि एमालेको सरकार बन्छ ः छविलाल
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक १९, शनिबार १८:३८ गते

बुटवल  ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने दावी गर्दै सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने जिकिर समेत गरेका छन् । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले जनताको हित र देश विकासको स्पष्ट भिजन र एजेण्डा एमाले संग मात्रै भएकाले मंसिर ४ को चुनावमा जनताले एमालेलाई नै वहुमत दिने दावी गरे । शनिबार देवदह– १०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसअघिको एमाले सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिन सबै काम अन्तिम चरणमा पु¥याएको बेला सरकार ढालिएको हुंदा गठबन्धन सरकारका कारण सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा अवरोध पुगेको तर्क समेत गरे । देशलाई सही मार्गमा हिंडाउन, राष्ट्रियता जोगाउन तथा विकास र समृद्धि हासिल गर्न एमालेको जित अनिवार्य रहेको नेता विश्वकर्माले बताए । देशैभर एमालेप्रति आकर्षण बढेको र विभिन्न दलबाट प्रवेश भइरहेकाले हुंदा आउंदो चुनावमा एमालेले नै वहुमत ल्याउने उनले दावी गरे । नेता विश्वकर्माले एमाले सरकारले अगाडि सारेका अधुरा योजनालाई पूर्णता दिंदै रुपन्देही १ लाई नमुना बनाउन एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।

कार्यक्रममा एमालेका तर्फबाट रुपन्देही १(२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले गठबन्धन सरकार रहेसम्म महंगी, भ्रष्टाचार र बेथिति कायम रहने र विकास निर्माणका कामहरु अवरुद्ध हुने भन्दै एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरे । नेता न्यौपानेले देवदह १०, चरंगेको विकासको लागि नेकपा एमालेको सरकारले योजना अगाडि बढाएपनि गठबन्धन सरकारले बजेट कटौती गरेको बताए