२०८२ माघ २४
बुटवल ।
नेकपा एमाले बाट २०७९ मा सम्पन्न स्थानिय निर्वाचनमा रुपन्देहीको कञ्चन गाऊँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार ओमकली राहादी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । आज आयोजित कार्यक्रममा उनलाई कांग्रेस नेता तथा रुपन्देही क्षेत्र न ५ का उम्मेद्वार भरत कुमार शाहले पार्टिमा स्वागत गरे । सो क्षेत्रमा राम्रो जनमत भएकी राहदी काँग्रेस प्रवेश गरेसंगै सो क्षेत्र काँग्रेसका लाथि थप सहज भएको काग्रेस नेताहरुले दावी गरेका छन । कांग्रेस सहित गठवन्धनका उम्मेद्वार शाहले पार्टिमा स्वागत गर्दै उनलाई क्षमताका आधारमा पार्टिको जिम्मेवारी दिने बताए ।
नेकपा एमाले भित्र आन्तरिक बिबाद र किचलोका कारणले एमाले त्यागेको उनको भनाई छ। उनले रुपन्देही ५ मा सत्ता गठबन्धन बिजयी बनाउनको लागि आफू डटेर लाग्ने प्रतिबद्धता ब्यक्त गरिन।