२०८१ माघ ६

नवीनमा  स्वास्थ्य सम्बन्धि जनचेतना तथा परामर्श कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक २४, बिहीबार ०८:४८ गते
बुटवल
नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा लायन्स क्लव अफ बुटवल मनिउजेशद्वारा स्वास्थ्य सम्बन्धि जनचेतना तथा परामर्श कार्यक्रम बुधवार संचालन भएको छ ।
लायन्स क्लव अफ बुटवल मनिउजेशले कक्षा ११ विज्ञान समुहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम अन्तरगत जीवन पुनस्थापना विधि सिपिआर प्रदर्शन, सिभिल इन्जिनियरिङ समूह कक्षा ९,११ र १२ का विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतना वातावरण सम्बन्धि परामर्श विद्यार्थीहरुको आँखा परिक्षण गरिएको थियो । त्यस्तै शिक्षक तथा कर्मचारीहरुको आँखा,रक्तचाप, मधुमेह परिक्षण गरिएको थियो ।  कार्यक्रम देवदह मेडिकल कलेज तथा अनुसन्धान संस्था, श्रीकृष्ण नेत्रालय र शुभ आँखा उपचार केन्द्रको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख आतिथ्यता लायन्स क्लवका फस्ट भाइस डिस्ट्रिक गभर्नर अर्जुनमान् सैजुको रहेको थियो ।
लायन्स क्लव अफ बुटवल मनिउजेशकी अध्यक्ष डा। शान्ता शर्माको अध्यक्षतामा सेकेरेटरी पुष्पा  कडेलको संचालनमा सम्पन्न कार्यक्रममा नवीन औद्योगिक कदर बहादुर रीता मा।वि।का प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, लायन सुपर्नावर्णवाल लगायतले धारणा राखेका थिए ।
उक्त अवशरमा सड्ने र नसड्ने फोहर व्यस्थापनको लागि २ वटा डस्टवीन विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
उक्त अवशरमा डाक्टर सुवेक्षा श्रेष्ठ ,डाक्टर माया गुरुङ लगायत १७ जनाको समुहले आँखा परिक्षण गरेको छ उक्त कार्यक्रममा खेलकुद प्रशिक्षक नवराज खरेल र स्टाफ नर्स दिपा केशरीले समन्वय गरेका थिए ।