२०८२ माघ २४

पश्चिम नेपाल विकास ट्रष्टद्धारा रक्तदान
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक २४, बिहीबार ११:३३ गते

बुटवल २३ कात्तिक ।
पश्चिम नेपाल विकास ट्रष्टले रक्तदान कार्यक्रम गरेको छ । ट्रष्टले बुटवल स्थीत ब्लड बैंक बुटवलमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रम संयोजक लक्ष्मी अधिकारीका अनुसार ५१ जनाले रक्तदान गरेका छन ।
सामाजिक कामलाई निरन्तरता दिने क्रममा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष मोमप्रसाद गुरुङले बताए ।
रक्तदान कार्यक्रममा ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषध्याक्ष लक्ष्मि अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु ओमि पुन, सकुन्तला पुन, राधा वेल्वासे, देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मथुरा पाण्डेलगायतको उपस्थीति रहेको थियो ।
रक्तदाताहरुलाई अध्यक्ष मोमप्रसाद गुरुङसहित पदाधिकारीहरु तथा कार्यक्रममा सहभागि वेलायती नागरिकहरु आन कोनेली ले प्रशंसा पत्र प्रदान गरेका थिए ।
सचिव पदम घिमिरेका अनुसार ट्रष्टले अन्य कार्यक्रमहरुलाई पनि अगाडी बढाएको छ ।
दृष्टिविहिन र अपाङ्ग आश्रममा सहयोग
पश्चिम नेपाल विकास ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम, बुटवललाई र बुटवल ११ स्थित नेपाल अपाङ्ग आश्रमलाई नगदसहित विभिन्न सहयोग गरेको छ । ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्याक्ष लक्ष्मि अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु ओमि पुन, राधा वेल्वासे, देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मथुरा पाण्डेलगायतको उपस्थीतिमा सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा वेलायती नागरिकहरु समेत सहभागि रहेका थिए ।
सचिव पदम घिमिरेका अनुसार दृष्टिविहिन अनाथ आश्रममा र अपाङ्ग आश्रममा नगदसहितफलफूल प्रदान गरिएको थियो ।