२०८२ माघ २९
बुटवल,१ चैत ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम महाधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
पहाडी संघको संस्थापक अध्यक्ष हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (प्रदेश १), भोला पासवान (२), बुद्धि बिश्वकर्मा (बाग्मती),दीपक परियार(गण्डकी),विनोद परियार (लुम्बिनी), टेकेन्द्र बिश्वकर्मा (कर्णाली) र करन ताम्राकार (सुदुरपश्चिम) सर्वसम्मत चयन गरेको छ । महासचिवमा लक्ष्मण दर्नाल सर्वसम्मत भएका छन् भने सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली चयन भएका छन् । कोषाध्यक्ष भीमबहादुर घिमिरे निर्वाचित भएका छन् ।
संघमा पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रिय कमिटी रहेका छन् । त्यस्तै अधिवेशनले मधु शाहीको नेतृत्वमा अनुशासन आयोगसमेत गठन गरेको छ । केन्द्रीय सदस्यमा खुल्लातर्फ अम्मर सुनार, प्रेम सुनार, सरिता बराइली, मानसिङ बिक, सन्जय सौगात, राधेश्याम बिक, प्रमिण गजमेर, पीवी दियाली, फुलु सुनार, , राजेश सुनाम, वसन्त बिक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउले, वसन्त बिश्वकर्मा, किशान संगीत नेपाली चयन भएका छन् । महिला सदस्य पूर्णिमाजनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गज्मेर र मालती बिक चयन भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार उद्घाटन गरेको महाधिबेशन आइतवार १३ बुदे बुटवल घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा दलित पत्रकारहरुको हकहितमा जोड दिइएको छ । त्यस्तै आइतवार नै देशभरका दलित समुदायका सञ्चारकर्मीहरुको सम्मानमा समता भोज समेत गरिएको थियो । महाधिवेशनमा देशभरबाट करिव ४ सय पत्रकारहरुको सहभागिता रहेको थियो । महाधिवेशनमा ‘आमसञ्चार र समावेशिताको सवाल’,‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ बिषयमा छुटाछुट्टै कार्यशाला गोष्ठि समेत गरिएको छ ।
त्यस्तै महाधिवेसनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डिवी परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिएको थियो ।