२०८१ आश्विन ८

रुपन्देही ३ मा (राप्रपा) का दीपक बोहरा निर्वाचित
  • लुम्बिनी खोज
  • २०७९ मंसिर १०, शनिबार ०९:४८ गते

बुटवल ।  रुपन्देही ३ मा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित भएका छन्। बोहाेरा २६ सय ८१ मतान्तरले खाणलाई पराजित गरेका हुन्।

एमाले, राप्रपा र जसपा गठबन्धनका साझा उम्मेदवार राप्रपाका बोहोराले ३६ हजार ७१७ मत प्राप्त गरेका छन्। यस्तै सत्तागठबन्धनका उम्मेदवार खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन्।