२०८१ मंसिर ९
बुटवल १ पुस ।
‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा शनिवार बिहान बुटवल मणिमुकुन्द सेन उद्यान( फुलवारी)देखि नुवाकोटसम्मको वृहत पदयात्रा गरिने भएको छ । करिब साढे ३ किलोमिटर दुरीको वृहत पदयात्रा मा तीन सय जनाको सहभागिता हुने अनुमान आयोजकले गरेका छन ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा वोल्दै नाटाका अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रको विकासका लागि यो कार्यक्रम महत्वपूर्ण हुने धारणा राखिन । कार्यक्रममा सुरक्षा निकायसहित विभिन्न संस्थाहरुका करिब ३ सय जनाको सहभागिता रहने उनले बताईन । पदयात्रामा सहभागी हुनेहरु बिहान साढे ६ बजे फुलबारि स्थित नुवाकोट प्रवेशद्वारमा जम्मा हुने कार्यक्रम आयोजकले बनाएका छन । सहभागी मध्ये २ जनालाई गोलाप्रथाबाट छनौट गरि पोखरा टुरको अवसर समेत रहेको पन्तले बताइन ।