२०८२ कार्तिक २७

बुटवलमा औद्योगिक प्रर्दशनी शुरु
  • लुम्बिनी खोज
  • २०७९ पुष ७, बिहीबार १२:०३ गते

 स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासमा राष्ट्रपतिको जोड

बुटवल ।

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ बिहिवार देखि बुटवलमा शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभुत उद्देश्य बनाउनुपर्ने बताएकी छिन । राष्ट्रिय अर्थतन्त्रले गम्भीर प्रकारका चुनौतीहरुको सामना गरिरहेको भन्दै उनले चुनौतीहरुबाट पार पाउन स्वावलम्बी अर्थतन्त्रमा जोड दिएकी छिन । मुलुकको ब्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउने, वन पैदावार र जडिबुटीमा आधारित आयत प्रतिस्थापन गर्ने तथा पर्यटन प्रर्वद्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु अवलम्वन गनु अति आवश्यक रहेको उनले बताइन । राष्ट्रपति भण्डारीले हरेक स्थानिय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा तथा किसानलाई प्रेरित गर्न उद्योगी ब्यवसायीसग मिलेर काम गर्न आवश्यक रहेको पनि बताइन । यसरी काम गर्दा ब्यापार घाटा कम गर्ने आधारहरु निर्माण हुने उनको भनाइ छ । रोजगारी र उद्यमशिलताको विकासमा पनि मद्दत मिल्ने धारणा उनले राखिन । उनले लुम्विनी क्षेत्रको पर्यटन विकासमा पनि जोड दिइन ।

शान्तिका अग्रदुत गौतम वुद्धको जन्म स्थल लुम्विनी नेपालको मात्र नभएर वौद्ध मार्गीहरुको पवित्र तिर्थ स्थल भएको र अन्तराष्ट्रिय धार्मिक पर्यटकीय गन्तब्यका रुपमा रहेको उनले बताइन । यस क्षेत्रको पर्यट विकासको संभावनाहरुको खोजी र विस्तार गर्नुपर्ने घारणा पनि उनले राखिन ।

कार्यक्रममा गृहमन्त्री वालकृष्ण खाणले औद्योगिक प्रर्दशनीले उद्योगी ब्यवसायीहरुलाई उर्जा प्रदान गरेको बताए । लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, द्धितिय उपाधयक्ष जिवकान्त काफ्ले, महासचिव हरिवहादुर खत्रीले आर्थिक क्षेत्रका समस्याहरु राख्दै उद्योग क्षेत्रको चर्चा गरेका थिए ।