२०८२ माघ २३
बुटवल २२ पुस ।
बुटवलमा कुटपीटबाट शुक्रवार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानवहादुर थापाका अनुसार बुटवल १३ जीतगढी स्थीत तारा टोल वस्ने ६० वर्षका यामप्रसाद नेपालको ज्यान गएको छ । नेपाल घरमै रहेको अवस्थामा केही ब्यक्तिहरु आइ हात पात गरेका थिए । कुटपीट बाट घाइते भएका उनलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले मृत्य घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए । कुटपीटमा संलग्न ४ जनालाई पक्राउ गरिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रनाउ अर्यालको भनाइ छ