२०८२ माघ २३
बुटवल ४ माघ ।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर र उपसभामुख मेनुका खाण केसीले सपथ लिएका छन । उनीहरुले बुटवल स्थीत प्रदेश प्रमुखको कार्यालयमा बुधवार सपथ लिएका हुन ।
सभामुख मगरले प्रदेश प्रमुख अमिक शेरचन समक्ष सपथ लिएका हुन । सपथ लिए लगत्तै सभामुखले उपसभामुख मेनुकालाई सपथ गराएका थिए ।
सभामुखमा माओवादी केन्द्रका मगर र उपसभामुखमा राप्रपाकी मेनुका मंगलवार निर्विरोध निर्वाचित भएका थिए । सभामुख र उपसभामुखले बिहिवार प्रदेश सभा भवन दाङमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।
निष्पक्ष भुमिका निर्वाह गर्छुः सभामुख मगर
सपथ ग्रहण पछि पत्रकारहरु सग कुरा गर्दै सभामुख तुलाराम घर्ती मगरले संसदमा निष्पक्ष भुमिका निर्वाह गर्ने बताए । संविधान र कानुन बमोजिम आफूले भुमिका निर्वाह गर्ने भन्दै उनले संसदको गरिमा उचो राख्ने गरी अगाडी बढ्ने धारणा राखे । प्रदेश सभामा विगतमा अनुभव हासिल गरिएको भन्दै संसदलाई प्रभावकारी रुपमा अगाडी बढाउने धारणा पनि उनले राखे ।