२०८२ माघ २३

नेकपा रुपन्देहीद्धारा संघर्षका कार्यक्रम सार्वजनिक
  • लुम्बिनी खोज
  • २०७९ माघ २८, शनिबार १३:२५ गते

बुटवल २८ माघ ।
नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले  संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
लामो समयपछी नेकपा महासचिव बिप्लवले काठमाडौमा भेटघाट तथा पत्रकार सम्मेलन गरि पार्टिका कार्यक्रम सार्बजनिक गरे लगत्तै नेकपा रुपन्देहीले पनि शनिवार बुटवलमा पत्रकार सम्मेलन गरि राष्ट्रिय तथा स्थानीय मुद्दाहरुलाई लिएर संघर्ष गर्ने जनाएको छ ।
पछिल्लो समय बैंक तथा लघुवित्तले बढाएको ब्याजदर, चर्को घरबहाल भाडा एवं मिटरब्याजीहरुको कारण उद्योगी ब्यबसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुजिको संरक्षण गर्दै उद्योग ब्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अंकमा झार्न दबाब दिने र समस्याको किटान गरि कार्बाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सी ले जानकारी दिए ।

शरदले स्थानिय स्तरमा भएका समस्या भुमिहिन तथा सुकुम्बासीका लालपुर्जा लगायतका समस्या, तिनाउ दानव नदी कोरिडोर पिडितका उचित क्षतिपूर्ति र बैकल्पिक ब्यबस्थापन लगायतका समस्या, ज्योतिनगर पहिरो पिडितका समस्या, स्थानिय तहमा बिकास निर्माण देखी संघ संस्थामा देखिएका भ्रष्टाचार र बिसंगतीका समस्याहरुमा आफ्नो पार्टीले ठोस कार्यक्रम बनाएर संघर्ष गर्ने बताए। संघर्षका बिषयमा जनकारबाही भन्नाले कस्तो खालको कारबाही भन्ने पत्रकारको जिज्ञासामा नेता शरदले भने, हामी जनसरोकारका मुद्दामा जनस्तरबाट जनताको सहभागितामा पार्टिले नेतृत्व गरेर संघर्ष र कारबाहि गर्छौं जुन जनअनुमोदित हुनेछन ।
यस्तै पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले चौंथो जिल्ला बैठकका निर्णयहरु पढेर सुनाएका थिए। सेक्रेटरी बिरेन्द्रले फागुन १ गते बुटवलमा जनयुद्धका उपलब्धी र समस्या बिषयक बृहत् अन्तरक्रिया गर्ने, सहिद सप्ताह बिबिध कार्यक्रम गरि मनाउने, जनसम्बन्ध बिस्तार अभियान २०७९ लगायतका कार्यक्रम गर्ने जनाए। कार्यक्रममा सहिद बेपत्ता योद्धा परिवार समाज कि सचिव जया सी, जिल्ला सल्लाहकार ज्योतिलाल सी लगायतको उपस्थिति थियो भने पत्रकार सम्मेलनको संचालन जनपत्रकार संगठन रुपन्देहीका संयोजक विनोद खनालले गरेका थिए ।