२०८२ माघ २३

मुख्यन्यायाधिवक्ता खुमकान्त पौडेलले गरे पदवहाली
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २, मंगलवार ०८:५८ गते

बुटवल ।
लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेलले पदवहाली गरेका छन । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको सिफरिसमा प्रदेश प्रमुख अमिक शेरचनले पौडेललाई लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्ती गरेका थिए । नब नियुक्त मुख्यन्यायाधिवक्ता पौडेललाई मुख्यन्यायाधिवक्ता कार्यालयका कार्यालय प्रमुख हरिहर पौडेलले स्बागत गदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

पदभार ग्रहण गदै मुख्यन्यायाधिवक्ता पौडेलले प्रदेश सरकारले दिएको जिम्मेबारी इमान्दारिताका साथ पालन गर्ने र प्रदेश सरकारलाई सफल बनाउन लागि पर्ने बताए । उनले संघिय मर्म अनुसार प्रदेश सरकारका कानुन कार्यान्वयन र पैरबी गदै प्रदेश सरकारलाई सफल बनाउन आफु पुर्ण प्रतिबद्ध रहेको बिश्वास ब्यक्त गरे ।
उनले प्रदेश सरकारका ऐन कार्यान्वयन गर्ने सबन्धमा नियमावली बनाएर अगाडी बढ्ने बताए ।
मुख्यन्यायाधिवक्ता कार्यालयका कार्यलय प्रमुख हरिहर पौडेल , महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव डिल्लीराज बेल्बासे , अधिकृत कृष्ण पौडेल लगायत कर्मचारीले स्वागत गदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

प्रदेश मुख्यन्यायाधिवक्ता पौडेल रुपन्देहीको तिलोत्तमा निबासी हुन ।