२०८१ आश्विन ८

नेकपा रुपन्देहीले मनायो २८ औं जनयुद्ध दिवस
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २, मंगलवार ०९:३९ गते

बुटवल ।

नेकपा रुपन्देहीले २८ औ जनयुद्ध दिबस बिबिध कार्यक्रम गरि मनाएको छ । दिबसको अबसरमा बुटबलमा अन्तरक्रिया ,दिप प्रज्बलन लगायतका कार्यक्रम गरिएको सो पाटीले जनाएको । देसैभर बिबिध कार्यक्रमको आयोजना गरि २८ औ जनयुद्ध दिबस मनाइएको जनाइएको छ । सोमबार बुटवलमा जनयुद्ध दिबसको  अबसर पारेर एक अन्तरक्रिया गरिएको थियो जसमा नेकपा नेता तथा कार्यकर्ता , सहिद परिवार , बिभिन्न राजनितिक दलका प्रतिनिधि, संचारकर्मि लगायतको सहभागिता रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्वी लुम्बिनी ब्युरो ईन्चार्ज प्रज्ज्वलन सीले नेपालमा जनयुद्धकै बलमा मुलुकमा ब्यबस्था परिवर्तनको बताएका छन ।
२८ औं जनयुद्ध दिवसको अवसरमा बुटवलमा आयोजित नेपाली जनयुद्धका उपलब्धी र समस्या बिषयक अन्तरक्रिया तथा सुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता प्रज्ज्जवलनले ढिलै भएपनि जनयुद्ध दिवसलाई राष्ट्रिय महत्व दिएर सार्वजनिक घोषणा गर्नुलाई स्वागत गरेको बताएका थिए । उनले जनयुद्धकै कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला मुलुक परिवर्तनको मुख्य भुमिका खेलेको नेपाली जनयुद्धका महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न नसक्नु दुखद भएको समेत बताए ।

माओबादी पार्टीहरु एकठाउँमा हुने प्रसंगमा उनले सबैले आआफ्नो ठाऊँबाट निर्मम समीक्षा गर्न आवस्यक रहेको जिकिर गर्दै मुल नेतृत्वले गरेको धोका र कमजोरिमा आत्मालोचना गर्न तयार छ भने हामी समीक्षा गर्न तयार छौं जनयुद्धका सारथि एकठाउँमा हुने कुरा राम्रो हो तर जनयुद्धको मुल उद्देस्यबाट बिचलित भएर हैन।

यस्तै पार्टीका पोलिटब्युरो सदस्य आस्था सीले जनयुद्धले कैयौं उपलब्धी हाँसिल गरेपनी जनयुद्धका घाउहरु आलै भएको बताउँदै सहिद बेपत्ता परिवार र घाइते योद्धाहरुका पीडा जनयुद्धको मुल नेतृत्वले बुझ्न नसकेको बताइन । बेपत्ता योद्दा परिवार समेत रहेकी नेतृ आस्थाले आफ्ना परिवार गुमाउनुको पिडासमेत बिर्सिएर अझैपनि अधुरो सपना पुरा गर्न क्रान्तिको झन्डा उठाएको भन्दै बेपत्ता योद्दाहरुको स्थिती सार्बजनिक गर्न माग गरिन ।

अन्तरकृया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सरद सी बरिष्ठ लेखक तथा माक्र्सवादी सौन्दर्य चिन्तक दील साहनी, नेकपा एमालेका जिल्ला उपसचिव चित्रबहादुर कार्की, क्रान्तिकारी मओबादीका सेक्रेटरी बिनोद मरासिनी, माओबादी समाजबादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्याय, बैज्ञानिक समाजबादीका प्रदेश ईन्चार्ज लक्षिराम बिक, एकीकृत समाजबादीका लोकनाथ पाण्डे, बार एसोसिएसन बुटवलका अध्यक्ष कैलाश ज्ञवाली, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, अधिबक्ता ज्ञानु केसी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल लगायतले बोल्दै जनयुद्ध नेपाली आन्दोलनकै सर्वाधिक महत्वको आन्दोलन भएको र यसप्रति सम्मान ब्यक्त गर्नुपर्नेमा जोड दिएका थिए ।

नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षता र जिल्ला सदस्य शिशिर सीको संचालन मा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला नेता एनबी सीले गरेका थिए । भने सामना परिवारका कलाकारहरुले क्रान्तिकारी गितहरु प्रस्तुत गरेका थिए। यसै बिच साँझ बुटवलको तिनकुने चोकमा दिप प्रज्ज्वलन समेत गरिएको थियो।