२०८२ माघ २२

चिठ्ठामा पावर बैंक पर्छ भनि प्लास्टिकमा माटो भरेर बेच्ने २ भारतिय पक्राउ
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १५, सोमबार १२:५२ गते

बुटवल १५ फागुन ।
चिठ्ठामा पावर बैंक पर्छ भनि प्लास्टिकका खोलमा माटो भरेर बेच्ने २ जना भारतिय नागरिकलाई रुपन्देही स्थीत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रेस लेखेको मोटरसाइकल प्रयोग गरेका उनीहरुले ठगि गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलिले पक्राउ गरेको हो ।
भारतिय नम्बरको मोटरसाईकल अगाडी पछाडी प्रेस लेखेको युपी ५५ एएफ १५१९ नम्बरको हिरो स्पेलेन्डर मोटरसाईकलमा आएका दुईजनाले रुपन्देहीको सैनामैना नगरपालिका वडा न. १० सालझण्डी झिमझीमेमा ठगी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत सिदार्थनगर जिल्ला चन्दनताय गाउ बस्ने बर्ष २८ को विवेक कुमार भट्ट र वर्ष २५ को सर्वेश कुमार भट्ट रहेका छन । नेपाली रु ५० को चिठ्ठा काटेमा केही कपडा र एम आइ कम्पनीको मोवाईलको वरिजिनल पावर बैंक पर्ने भनी मानिसहरुलाई झुक्याउने गरेको पाइएको प्रहरीले जनाएको छ । रु ५० को चिठ्ठा स्क्र्याच गर्दा सवैमा पावर बैंक पर्ने पहिले नै सेट गरिएको कुपनहरु बिक्री गरी, उक्त पावर वैक परे पछी पुन नेपाली रु १हजार २ सय रुपैया दिनु पर्ने र सो पावर बैकको बजार मुल्य ३ हजार २ सय पर्ने उनीहरुले बताउने गरेको स्थानियले प्रहरी समक्ष बताएका थिए । ती पावर बैंकमा हाल चार्ज नभएकोले घरमा लगी ४÷५ घण्टा चार्ज गरेपछी मात्र काम गर्छ भनी मानिसहरुलाई झुक्यानमा पारी ठगी गरीरहेको अवस्थामा फेला पारी चेकजाच गरिएको प्रहरीको भनाइ छ ।
स्क्रयाच कुपन थान ७९ र एम आइ २०००० एमएच लेखेको पलाष्टिकको बट्टा (पावर बैंक) थान ६ समेत फेला परेका, उक्त पावर बैक खोली भित्र हेर्दा केहि ओसिलो माटो भरेको तथा साधारण खालका पुराना मोबाईलका ब्याट्री जोडेको अवस्थामा फेला परेको जिप्रका रुपन्देहीले जनाएको छ । उनीहरुलाई तत्काल पक्राउ गरी ठगी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत रुपन्देहीवाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जनाएका छन ।