२०८२ माघ २९

बुटवलमा बारको धर्ना
  • लुम्बिनी खोज
  • २०७८ कार्तिक २९, सोमबार ०६:४६ गते

बुटवल २८ कात्तिक ।
न्यायपालिकाको विकृति विसंगतिविरुद्ध नेपाल बार एशोसिएशनले दुई सातादेखि शुरु आन्दोलन आइतबारदेखि देशव्यापी बनाउने क्रममा बुटवलमा पनि कानुन बयवसायीहरुले अदालतमा धर्ना दिएका छन । नेपाल बार एशोसिएशनले शुरुमा काठमाडौंकेन्द्रित गरेको आन्दोलन आइतबारदेखि देशव्यापी भएको हो ।
आइतबार बार एशोसिएशनका ९० एकाईले आन्दोलनमा साथ दिने क्रममा रुपन्देहीको बुटवल र भैरहवामा धर्ना भएको छ । रुपन्देहीमा उच्च अदालल बार एशोसिएशन बुटवल र रुपन्देही जिल्ला अदालत बार एशोसिएशनमा आवद्ध कानून व्यवसायीहरुले अदालत अगाडि एक घण्टा हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन । बुटवलमा १०ः३० देखि ११ः३० सम्म र भैरहवामा १० बजेदेखि ११ बजेसम्म धर्ना दिइएको थियो ।
आइतबारको धर्ना समापन गर्दै उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले न्यायपालिकाको विकृति विसंगति अन्त्य गर्र्दै न्यायपालिकाको गरिमा कायम राख्न आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए । बार एशोसिएशनले उठाएका मागहरुको सम्बोधन नभएसम्म केन्द्रको निर्देशन बमोजिम आन्दोलन जारी रहने उनले बताए ।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।