२०८१ आश्विन ७

सुदुरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाईनलमा
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ८, बुधबार १४:१४ गते

 

बुटवल ८ चैत
बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा सुदुरपश्चिम ११ प्रबेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै सुदुर पश्चिम ११ ले फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निकै प्रतिष्प्रर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का फागुराम थारुले गोल गरेका थिए । दुबै टोलीले गोलको धेरै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । अन्तत दोस्रो हाफमा फागुराम थारुको गोलको मद्दतमा खाता खोल्यो । सुदूरपश्चिमका लागि थारुले गरेको गोल नै निर्णायक बन्यो ।