२०८१ आश्विन ४

नवीनमा उद्घोषणकला प्रशिक्षण सम्पन्न
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ९, बिहीबार ११:५० गते

बुटवल,९चैत ।
नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। देवीनगरमा व्यवस्थापन समुह कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई उद्घोषणकला प्रशिक्षण प्रशिक्षण विहिवार सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वरिष्ठ अधिकृत दामोदर ज्ञवालीले विद्यार्थीहरुमा कितावी ज्ञान मात्र भएर नहुने बताउदै समाजमा समाहित हुन सक्ने खालको व्यवहारिक सीप विद्यालयले अगाडी सारेकोमा खुसी ब्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक विषय शिक्षक प्रकाश भट्टराई, होटल व्यवस्थापन विषय शिक्षक सुरज पौडेल, खेलकुद प्रशिक्षक नवराज खरेल, जुनियर इन्जिनियर विशाल रावत लगायतले सहजीकरण गरेका थिए ।
उक्त प्रशिक्षणमा व्यवस्थापन समुहका बसन्ती ढकाल, गोमा सिजाली, पुनम आले, रवीन कार्की, मनिष खड्का, खिमराज रास्कोटी, आशिष रोकामगर, तारा भुसाल, उमेश भुसाल, एन्जिला जि।सी।, कुन्ति राना मगर, प्रकाश थापा, रेशम जैसी, आर्यन बस्नेत, साक्षी मिश्र, सिमरन थापा, विवेक खड्का, बुद्वकृष्ण जि।एम। योगेश गुप्ता, प्रवीन थारु, सन्ध्या चापागाई, सुवम कडेल, आश्था शाह, विकल्प विश्वकर्मा, सुप्रिमा दुधराज, सुन्दर फुल्लेल, निश्चित राना, कसिस खाती, सुस्मिता दर्जी, भावना दर्जी, अनिश कार्की लगायतले प्रशिक्षणमा अभ्यास गरेका थिए ।