२०८२ माघ २१

प्रहरी प्रमुखमा बसन्त कुँवर नियुक्त
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १०, शुक्रबार १२:१७ गते

बुटवल १० चैत ।

सरकारले बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता र कार्यक्षमताका आधार उनलाई आइजिपी नियुक्त गरेको हो ।

आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् । उनको अवकाससँगै पाँचजना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा रहेको थियो । जसमा कुँवर प्रहरी आइजिपी नियुक्त भएका हुन ।

आठ महिनाको अवधिमा तीन तह बढुवा हुँदै कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् उनी २०५१ सालको ५ चैतमा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । गत असारमा डिआइजी भएका उनी सोमबार मात्र एआइजीमा बढुवा भएका थिए ।