२०८२ कार्तिक २७
काठमाण्डौं ११ चैत ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समिति र बालुवाटार समितिको नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको संयुक्त उद्घाटन बैंकका बरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले गरेकी थिइन । बैकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका का.वा.अध्यक्ष शंकर प्रसाद भट्टराई, का.वा. महासचिव गिता पोख्रेल लम्साल, सचिव कृष्ण प्रसाद खराल, कोषाध्यक्ष डिल्लीराज आचार्य, सह कोषाध्यक्ष शारदा लोहनी, केन्द्रीय समितिका सचिवालय सदस्य तुलसीराम वानियाँ, रामहरी घिमिरे, केन्द्रीय समितिका निवर्तमान अध्यक्ष रुद्र प्रसाद तिम्सिना, थापाथली समितिका निवर्तमान अध्यक्ष रमेश सुवेदी, बालुवाटार समितिका निवर्तमान अध्यक्ष डा. महेश चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

उक्त समितिको बन्द सत्रले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको अध्यक्षमा वेदनिधि सापकोटा (बि.एन.), उपाध्यक्षमा लुमणी खनाल, सचिवमा गणेशमान शाक्य, सह–सचिवमा गोमा धिताल र कोषाध्यक्षमा सुमन राई चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा शिवशंकर प्रसाद शाह, उर्मिला खनाल ढकाल, सरोज कन्दङवा, रामसेवक मण्डल, सोराज डङ्गोल र सारुख तिम्सिना चयन भएका छन । त्यसैगरी केन्द्रीय महाधिवेसनका लागि १२ जना महाधिवेशन प्रतिनिधिहरु समेत सर्वसम्मत चयन भएका छन ।
राष्ट्र बैंक कर्मचारी संघले बैंकका कर्मचारीहरुको साझा हकहितका सवालमा गोलवन्द भई आपसी सहयोग र सद्भावना बढाउने, बैकको उन्नती र लक्ष्य प्राप्त हुने कार्यमा सबैलाई निरन्तर उन्मुख गराई आफ्नो अधिकार र कर्तव्य पालनप्रति सचेत गराउने , आवश्यक प्रशिक्षणहरु प्रदान गर्ने जस्ता का मगर्दै आएको छ । संघका अनुसार कर्मचारीहरुका बीचमा एकता, प्रतिबद्धता,मनोबल तथा अनुशासनको अभिबृद्धि गर्ने गराउने, कर्मचारीहरुको जीवनस्तर बृद्धि तथा सेवाको सुरक्षातर्फ विशेष ध्यान पुर्याउने, बैंक व्यवथापनलाई संस्थाको उद्देश्य, नीति नियम परिपूर्ति र प्रभावकारीरुपले पालन गर्न गराउन संघ प्रयत्नशील रहदै आएको छ ।